थप ३६ जनामा देखियो संक्रमण, संक्रमित संख्या ५ सय ८४

थप ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । विभिन्न जिल्लाका ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु सबैको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरेको र संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । संक्रमित २०, २०, २२ र २७ वर्षिय पुरुष रहेको छन् ।

त्यस्तै, कोशी अस्पतालको प्रयोशलामा गरिएको परीक्षणमा झापा गाउँपालिका, झापाका डिल्लिराज मावि क्वारेन्टाइनमा रहेका १ जना ३३ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेका नरैनापुरका १७ देखि ३२ वर्षसम्मका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

नरैनापुर ३ बाँके राष्ट्रिय प्राविमा गरिएको परीक्षणमा १६ देखि ३२ वर्ष समूहका १५ जनामा संक्रमण देखिएको छ ।

नरेनापुर १ बाँके मै गरिएको संकलनमा पोजेटिभ देखिएका ६ जना पुरुष रहेको छन् । त्यस्तै, बर्दियाका एकजनामा पनि संक्रमण देखिएको छ ।  यो सँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको उनले बताए । जसमध्ये पुरुष ५ सय ५ जना र महिला ७९ जना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय