भरतपुर अस्पतालको हेलचेक्रयाइँ : शुक्रबार परीक्षण नै नगरी रिपोर्ट ‘नेगेटिभ’, शनिबार पोजेटिभ

भरतपुर अस्पतालले परीक्षण नगरि कोरोना नेगेटिभ भन्दै रिपोर्ट दिएको पाइएको छ ।

शनिबार बिहान चितवन ठेगना भएका र कोरोना पुष्टि भएका ५२ वर्षीय पुरुषको बिहीबार परीक्षण नै नगरी भरतपुर अस्पतालले नेगेटिभ आएको पाइएको हो ।

भरतपुर महानगरपालिका वडा नं.६ केशरबागका ५२ वर्षीय पुरुषको बिहीबार कोरोना परीक्षण भएको थिएन ।

उनका बुवा र आमाको मात्र परीक्षण भएको हो, ‘भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाको स्रोतले भन्यो, उनको स्वाब पोखिएर आएकाले हामीले परीक्षण गरेका थिएनौँ।’

स्वाब पोखिएर आएपछि भरतपुर अस्पतालका सूचना अधिकारीलाई तत्कालै जानकारी गराएको स्रोतले बताएको छ ।

बिहीबार परीक्षण गरिएको लिष्टमा यी पुरुषको नामसमेत नभएको प्राविधिकहरूको दाबी छ ।

‘भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाको स्रोतले भन्यो, उनको स्वाब पोखिएर आएकाले हामीले परीक्षण गरेका थिएनौँ।’

तर भरतपुर अस्पतालले भने शुक्रबार उनको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको थियो ।

अस्पतालको चरम लापरवाही गरी परीक्षण नै नगरी गलत सूचना सार्वजनिक गर्दा आफूहरुको दक्षतामाथि प्रश्न उठेको प्राविधिकहरुको आरोप छ ।

‘हामीहरूमा कम्तीमा पनि ५ वर्ष काम गरेको अनुभव छ । हामीसँग डिग्रिको सर्टिफिकेट छ,’ प्राविधिकहरूले एउटै स्वरमा भने, ‘अहिले गलत सूचना सार्वजनिक गरेर दैनिक १८ घण्टासम्म काम गर्ने हामी प्राविधिकहरूको मनोबल गिरेको छ ।’

भरतपुर अस्पतालले विज्ञप्ति निकालेर आफ्नो कमजोरी सच्याउनुपर्ने उनीहरूले माग गरेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा ५ जना मेडिकल टेक्नोलोजिष्ट र २ जना माइक्रोबायोलोजिष्ट र १ जना प्राविधिक रहेका छन् ।

भरतपुर अस्पतालले एक सूचना सार्वजनिक गर्दै बिहीबार पठाइएको स्वाबमा नेगेटिभ आएपछि पुनः परीक्षण गरिएको दाबी गरेको छ ।

शनिबार संक्रमित पुरुष हिजो ९शुक्रबार० पुष्टि भएका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलाका जेठो छोरा हुन् । तीनै जना जेठ ३ गते भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलबाट फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय