ग्रान्डी अस्पतालमा एकजनालाई कोरोना, सिल गरेर निसंक्रमण गर्ने तयारी

ग्रान्डी अस्पतालमा एकजनालाई कोरोना पोजेटिभ देखिएको छ।

मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको संक्रमितको विवरणमा काठमाडौंका एक ३४ वर्षे पुरुषमा संक्रमण भेटिएको उल्लेख थियो। ती संक्रमित ग्रान्डी अस्पताल भएको पुष्टि भए पनि उनको विस्तृत विवरण अस्पतालले खुलाएको छैन।

उनी अस्पतालमा भर्ना भएका बिरामी हुन् वा अस्पतालका कर्मचारी भन्नेमा स्वास्थ्य अधिकारी पनि यकिन छैनन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेले अस्पतालका अधिकारीले महाशाखासँगको कुराकानीमा कर्मचारी भएको जानकारी दिएको भन्दै कन्ट्याक्ट ट्रेसिङका लागि टोली खटिसकेको बताए।

अस्पताल स्रोतका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी, चिकित्सक र सम्बन्धित विभागका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ । सोलगत्तै उनीहरूको स्वाब संकलन गर्ने र अस्पताललाई निसंक्रमण गर्ने काम जारी छ।

अहिलेलाई अस्पतालको इन्डोरबाहेकका सेवाहरू रोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय