कोरोना संक्रमणमा ‘असहयोग’ गर्ने मेडिकल कलेजलाई प्रदेश ५ सरकारको ‘चेतावनी’ पत्र

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण व्यवस्थापनमा निजी स्वास्थ्य संस्थाहरुले सरकारलाई सहयोग नगरेपछि प्रदेश ५ सकारले अटेर गर्ने मेडिकल कलेजलाई पत्र काटी चेतावनी दिएको छ । कोभिड १९ नियन्त्रणको लागि प्रदेश नं ५ प्रदेश सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा ती संस्थाहरुले वेवास्ता गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्रमार्फत चेतावनी दिएको हो ।

सामाजिक विकास मन्त्रालयका अधिकारीहरुका अनुसार मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा मेडिकल कलेजहरुले आनकाकानी गरिरहेका छन् ।

यसअघिको प्रतिबद्धता अनुसार प्रदेश सरकारले कोभिड १९ का बिरामीलाई उपचार गर्ने क्रममा आनाकानी गर्न सुरु गरेपछि चेतावनी पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए ।

डा. चौधरीका अनुसार रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले कोभिड १९ को व्यवस्थापनमा असहयोग गरिसकेको छ । उसलाई कोभिड १९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको २० वेडमा बिरामी भर्ना गर्न भनिएकोमा नमानेको डा. चौधरीले बताए ।

मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तिन जना फिजिसियन कन्सल्टेन्स, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकि कोरोरा विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो । त्यसैगरी २० वटा वेड आईसोलेशन वेडको लागि छुटाउनका लागि भनेको थियो ।

तर उक्त मेडिकल कलेजले अहिलेसम्म आईसोलेशन वेडमा विरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको वरिष्ठ स्वास्थ्य प्रशासक डा. चौधरीले बताए । उनले भने– कोभिड नियन्त्रणमा निजि क्षेत्रको उत्साहजनक उपस्थिती देखिएन यसले गर्दा व्यवस्थापनमा केही असजिलो भएको छ ।’ कोभिड १९ को बिरामीको उपचारको बिषयमा आनाकानी गरेपछि चेतावनी दिदै पत्र समेत काट्नु परेको उनले बताए ।

मन्त्रालयले शुक्रवार पत्र (जेष्ठ ९ गते) काटेको पत्रमा मन्त्रालयको निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि वढाउने चेतावनी दिइएको उनले बताए ।

मन्त्रालयले शुक्रवार पत्र (जेष्ठ ९ गते) काटेको पत्रमा मन्त्रालयको निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि वढाउने चेतावनी दिइएको उनले बताए ।

डा. चौधरीका अनुसार प्रदेशभित्र रहेका अन्य तीन वटा मेडिकल कलेजमध्ये अरु तीन कलेजहरुले भने अहिलेसम्म बिरामी पठाएमा भर्ना गर्ने भनिरहेका छन् । प्रतिबद्दता अनुसार अरु मेडिकल कलेजले कुरा फेरेका त छैनन् उनले भने अब बिरामी पठाउँदा भर्ना गर्छन वा गर्दैनन् हेर्न बाँकी छ । भैरहवाको यूनिभर्सल मेडिकल कलेजले पनि चैत्र महिनामा मन्त्रालयले पत्राचार गर्दा कोभिड १९ मा कलेजमै २० बेड छुट्याउने र जनशक्ति पनि पठाउने प्रतिबद्दता जनाएको थियो ।

सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका देवदह मेडिकल कलेज रुपन्देही, लुम्विनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज गरी ४ वटा निजि क्षेत्रको मेडिकल कलेहरु जनशक्ति माग गरेको थियो ।

नीजि क्षेत्रको उक्त स्वास्थ्य संस्थाले जनशक्ति परिचालन नगर्दा सेवा प्रवाहमा असहजता भएको मन्त्रालयको भनाई छ । अहिले प्रदेश नं ५ मा ४ वटा कोरोना विशेष अस्पतालमा संचालन गरिएको छ । त्यसैगरी आईसोलेसन अस्पताल वेड भएको ५० वटा अस्पताल रहेका छन । अहिलेसम्म ४ वटा विशेष अस्पतालका अलवा केही निजी सहित विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित राखिएको छ ।

प्रदेशमा करिव ७ सय स्वास्थ्यकर्मीहरु अहिले २४ सै घण्टा खटिएका छन । यो जनशक्ति अपुग हो । माग गरिएको जनशक्ति नआउदा अस्पतालहरुमा समस्या दखिएको मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए । अहिले सम्म प्रदेश नं ५ मा २ सय संक्रमित पुगेका छन । त्यसैगरी क्वरेन्टाईनमा १८ हजार भन्दा वढि व्यक्ति रहेका छन ।

सामाजिक विकास मन्त्रालयले गत चैत्र ११ गते पत्र काटेर कोभिड –१९को रोकथाम तथा नियन्त्रणको लागि तोकिएको जनशक्ति व्यवस्थापन गर्न तथा आईसोलसन वेडमा संक्रमितहरुलाई राख्न आग्रह गर्दे पत्र पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय