कोरोनाबाट विश्वभर ३ लाख ३९ हजारबढीको मृत्यु, संक्रमितको संख्या ५३ लाख नजिक

कोरोना भाइरसको संक्रमनबाट विश्वभर ३ लाख ३९ हजार ४ सय १८ जनाको मृत्यु भएको छ। यस्तै ५२ लाख ९८ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २१ लाख ५६ हजार २ सय ९५ जना उपचारपछी घर फर्की सकेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। अमेरिकामा भाइरसको संक्रमणबाट ९७ हजार ६ सय ४० जनाको मृतुभएको छ भने १६ लाख ४५ हजार ९४ जना संक्रमित छन्।

बितेको २४ घण्टामा अमेरिकामा भाइरसका कारण १ हजार २ सय ८६ जनाको ज्यान गएको छ भने २४ हजार १ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। यसरी अमेरिकामा ११ लाख ४५ हजार ९ सय १ जनाको उपचार भइरहेको छ।

उपचारमा रहेका जम्मा संक्रमित मध्ये १७ हजार १ सय ८ जनाको अवस्था गम्भीर छ। संक्रमित मध्ये ४ लाख १ हजार ५ सय २९ जना उपचार पछि घर फर्की सकेका छन्। अमेरिकामा हालसम्म १ करोड ३८ लाख ८८ हजार ८ सय ७९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९० जनामा भाईरस संक्रमण देखिएको छ भने २१ हजार ४८ जनाको मृत्यु भएको छ । रसियाका ३ लाख २६ हजार ४ सय ४८ जना मध्ये ३ हजार २ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनका दुई लाख ८१ हजार ९ सय ४ जना मध्ये २८ हजार ६ सय २८ जना, बेलायतका २ लाख ५४ हजार १ सय ९५ मा ३६ हजार ३ सय ९३, इटालीका २ लाख २८ हजार ६ सय ५८ मा ३२ हजार ६ सय १६ ,फ्रान्सका १ लाख ८२ हजारमा २ सय १९ मा २८ हजार २ सय ८९ , जर्मनीका १ लाख ८९ हजार ७ सय१३ मा ८ हजार ३ सय ५२ र टर्कीका १ लाख ५४ हजार ५ सय जना भाइरसका संक्रमित मध्ये ४ हजार २सय ७६ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७ सय २६ जनाको मृत्यु भएकोछ भने १ लाख २४ हजार ७ सय ९४ जना संक्रमित छन्। बितेको २४ घण्टामा भारतमा भाइरसको संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको छ भने ६ छ भने ६ हजार ५ सय ६८ जना नयाँ संक्रमित भेटिएका छन्।

संक्रमित मध्ये ५१ हजार ८ सय २४ जना उपचार पछि घर फर्किएका छन् भने २७ लाख १९ हजार ४ सय ३४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ५ सय १६ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमित मध्ये ७० निको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय