कोरोना संक्रमितलाई अस्पताल ल्याउन स्थानीयको अवरोध, नरैनापुरका १३ संक्रमित सम्पर्कबाहिर

कोरोना संक्रमणको हटस्पटक बनेको बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनबाट अस्पताल ल्याउँने तयारी गर्दै गर्दा १३ जना संक्रमित गायव भएका छन् । क्वारेन्टाइनबाट अस्पताल ल्याउँदै गर्दा एम्बुलेन्सलाई बाटोमै स्थानीयले अवरोध गरेका थिए ।
नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शंकरनगर कोटियाको क्वारेन्टाइनबाटै संक्रमित भागेका हुन् ।  प्रत्यक्षदर्शीका अनुसार, आइसोलेशनमा लैजानका लागि नेपालगन्जबाट पुगेको एम्बुलेन्सलाई अवरोध गरि गाउँका ब्यक्तिहरुले संक्रमितलाई  लिएर भागेका थिए ।

नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार भीड अनियन्त्रित बनेपछि सुरक्षाकर्मी सहितको एम्बलेन्स फिर्ता भएको छ । संक्रमितहरुलाई गाउँलेले लुकाएको मिश्रले बताए ।

उनीहरुले आफूलाई कोरोना नै नभएको दावी गर्दै भागेको प्रदत्यदर्शीहरुको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्ष शिव बहादुर सिंहले संक्रमित फरार भएको नभई अस्पताल आउन नमानेको बताए ।

उनले प्रहरीलाई अवरोध भइरहेपनि थप फोर्स पठाएरै भएपनि संक्रमितलाई अस्पताल ल्याउँने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय