अमेरिका-नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा. भूपेश खड्का

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ९ गते १९:००

अमेरिका-नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा. भूपेश खड्का मनोनयन भएका छन्। फाउन्डेसनको वार्षिक साधारण सभाले डा. खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा डा. विनोद खड्का, सचिवमा डा. विष्णु सापकोटा र कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन्।

यसैगरी, सदस्यमा मार्भिन ब्रुस्टिन, डा. गणेश चौधरी, डा. नारायण धरेल, डा. दीक्षा धिताल, डा. विनोद ढुंगाना, डा. रिचर्ड काजम्यान, डा. दिनेश मैनाली, डा. राजु सेञ्चुरी, डा. चन्द्रप्रसाद चटौत, डा. सुबाेध मल्लिक, डा. सन्देश पण्डित, डा. सन्तोष सापकोटा, डा. सुनील शर्मा, जुलिया सेफर्डसन्, डा. दिनेश सुवेदी, डा. अनिल सुवाल, डा. प्रकाश थपलिया र डा. लिवी विल्सन छन्।

१७ मे मा बसेको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। यसअघि फाउन्डेसनको अध्यक्षमा डा. सन्तोष सापकोटा थिए।

One thought on “अमेरिका-नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा. भूपेश खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय