नाडाले आफ्ना सदस्यको सुरक्षाका लागि भन्दै जारी गर्‍यो निर्देशिका

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ९ गते १८:०७

नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालले आफ्ना सदस्यहरूका लागि सुरक्षा निर्देशिका जारी गरेको छ।

अहिले मुलुक लकडाउन भई उद्योग, व्यवसाय, पसल, वर्कसप र कार्यालयहरू बन्द भए पनि लकडाउन खुलेपछि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नीति नियम आवश्यक रहेको भन्दै आफ्ना सदस्यहरूका लागि निर्देशिका जारी गरेको हो।

लकडाउन खुलेपछि खाना, खाजा र चिया सम्भव भएसम्म घरबाटै ल्याई केक, आइसक्रिम तथा अण्डा नखाने, चिया तथा कफीका लागि डिस्पोजल गिलास प्रयोग गरी पानीका लागि साना बोतल प्रयागे गर्ने र पैसा, चेक कागजात लगायतका सामग्री लिँदा ग्लोब्स तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

नाडाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन १.५ मिटर सामाजिक दूरी कायम गरी सिटको बिचमा पर्याप्त ठाउँ राख्ने, हाछ्युँँ आउँदा रुमाल अर्थात हातको कुइनाले मुख छोप्ने, कुनै चिज वस्तु छुँदा पञ्जा तथा मास्क अनिवार्य प्रयोग गरी साबुनपानीले मिचिमिचि बीस सेकेन्ड हात धुने गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

सकेसम्म आफ्नो हातले नाक, आँखा, मुखमा नछोई साथीभाइहरूसँग हात मिलाउनुको सट्टा नमस्कार गर्ने, घरमा लगेका खानेकुरा तथा सरसामान तातो पानी र सेनिटाइजरले धोई तीन चार घण्टा घाममा सुकाउने, दिनभरि प्रयोग गरेको लुगा घरबाहिर राखी सरसफाइमा ध्यान दिने, सवारी साधनलगायत सेनिटाइजर तथन डिसइन्फेक्सन गर्ने र कार्यालय पसल तथा वर्कसपमा आउने ग्राहकलाई मास्क पञ्जा अनिवार्य गरी प्रयोग नगरेका ग्राहकलाई प्रवेशमा रोक लगाउने नाडाको सूचनामा उल्लेख गरिएको छ।

विक्रेता तथा क्रेता दुवैले सेनिटाइजर बोक्ने क्रेतालाई ढोकाबाटै सेवा दिने सरसामान सकेसम्म तीन दिनसम्म गोदाममा स्टक राखेर बिक्री वितरण गर्ने, काममा जाने सबैले सकेसम्म इन्फ्राररेड थर्मोमिटर बोक्ने र ९९ फरेनहाइटभन्दा बढी ज्वरो आएमा घरमै बस्ने अर्थात डाक्टरलाई देखाउनु पर्ने निर्देशिकामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय