पत्रकारलाई संक्रमण देखिएपछि कपिलवस्तुको बुद्ध आवाज सञ्चारगृह नै क्वारेन्टाइन

कपिलवस्तुका २ जना पत्रकारमा कोरोना संक्रमण भेटिएपछि एक सञ्चार गृहलाई क्वारेन्टाइन बनाइएको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बुद्ध आवाज सञ्चारगृहद्वारा सञ्चालित टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि सञ्चारगृहलाई क्वारेन्टाइन बनाइएको हो। अर्का पत्रकार भने कपिलवस्तु नगरपालिका वडा नं. ३ का हुन्। कपिलवस्तुमा शुक्रबार ९ जना संक्रमित भेटिएका थिए।

संक्रमितको नजिकमा रहेर समाचार शाखा र प्राविधिक शाखामा काम गर्ने पत्रकारका लागि सञ्चारगृहको सभाहललाई क्वारेन्टाइन बनाइएको सञ्चारगृहका ब्यवस्थापक भेषराज पााण्डेले जानकारी दिए।

मुलुकले नै महामारी खेपिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने काममा निरन्तरता दिनका लागि सञ्चार गृहलाई क्वारेन्टाइन बनाएर टेलिभिजन संचालन गर्ने ब्यवस्थापक पाण्डेले बताए।

सञ्चार गृह संचालनको अवस्थामा नगरको स्वास्थ्य शाखाले बेलाबखत सञ्चार गृहमा उपस्थित भएर सञ्चारकर्मीको स्वास्थ्य अवस्थावारे बुझ्ने काम गरी सहयोग गर्नका पनि उनले अनुरोध गरे। सञ्चार गृहको क्वारेन्टाइन समाचार शाखामा काम गर्ने ५ जना र प्राविधिक ३ जनासहित ८ जना रहेको बताइएको छ।

सञ्चारगृहका अनुसार कोरोना पोजेटिभ देखिएका सञ्चारकर्मी बुद्ध आवाजमै अलग्गै कोठामा रहेका छन्। अहिलेसम्म उनीहरूको कहाँ र कसरी उपचारका लागि पठाउने भन्ने टुंगो लागेको छैन। वाणगंगामा कोरोना अस्पताल छैन। त्यहाँबाट कोरोना अस्पताल रहेको ठाउँ तौलिहवा २१ किलोमिटर र बुटवल ३० किलोमिटरको दुरीमा छ। ती दुवै अस्पतालमा ठाउँको अभाव रहेकाले टुंगो लाग्न नसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय