कोरोना प्रकोपमा जनस्वास्थ्यका विज्ञले यसरी हाँकिरहेका छन् नारायणी अस्पताल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोरोना भाइरसको वैश्विक महामारीले नेपाललाई पनि पिरोलिरहेको छ। शुक्रबार ५ सय ७ लाई कोरोना भाइरसको संक्रमण हुँदा दुई जनाको ज्यान गएको छ।

नेपालमा कोरोना संक्रमितमध्ये ७० जना स्वास्थ्यलाभपछि घर फर्किसकेका छन्। अरूको उपचार चलिरहँदा जनस्वास्थ्यक्षेत्रका अगुवाले यो प्रकोपलाई काम गर्ने अवसरका रूपमा प्रयोग गरेको छ।

काम गर्ने र जनस्वास्थ्यका क्षेत्रमा सशक्त र प्रभावकारी भूमिका स्थापित गर्ने उद्देश्यका साथ उनीहरू काम गरिरहेका छन्।

जनस्वास्थ्य विज्ञ तथा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय पनि कोरोना प्रकोपलाई सेवाको अवसरका रूपमा लिएर काम गरिरहेका छन्।

अहोरात्र अस्पतालमा खटिँदै आएका डा. उपाध्यायको जिम्मेवारीमा सिंगो प्रदेश २ को स्वास्थ्य क्षेत्रलाई गतिशील बनाउनुपर्ने जिम्मेवारी छ, सेवा दिनुपर्ने अभिभारा छ।

जनस्वास्थ्य विज्ञ तथा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय पनि कोरोना प्रकोपलाई सेवाको अवसरका रूपमा लिएर काम गरिरहेका छन्।

‘महामारीकै बेला हरेक क्षेत्रको परीक्षा हुन्छ, अहिले प्रकोप स्वास्थ्यसँग जोडिएको हुनाले हाम्रो जिम्मेवारी बढी छ,’ उनले भने, ‘हरहालमा त्यही जिम्मेवारी पूरा गर्ने कार्यमा हामी लागेका छौं।’

प्रदेश २ मा बुधबारसम्ममा कोरोना संक्रमितको संख्या १ सय ५१ पुगेको छ। भौतिक एवं संरचनागत रूपमा रहेका अनेक अभावहरूलाई किनारा लगाउँदै डा. उपाध्यायको टिमले महामारीमा स्वास्थ्य सेवा दिइरहेको छ।

चुनौती झेल्दै, अघि बढ्दै

कोरोना भाइरसको विश्वव्यापी महामारी नेपालमा भूसको आगोजस्तै फैलिएका बेला जनस्वास्थ्य क्षेत्रका अगुवाहरूलाई अवसर पनि सिर्जना भएको छ।

महामारीमा आउन सक्ने चुनौतीहरूलाई पार लगाएर कोरोना संक्रमितको उपचार गराइँदै छ। ‘चुनौती अवश्य पनि छ, सबैतिर त्रास छ, महामारीको रूपमा अगाडि आएको छ, तर हामीले जसरी पनि काम गर्नुछ, बिरामी र संक्रमितको सेवा गर्नुछ,’ प्रमुख उपाध्यायले भने।

प्राथमिकताहरू निर्धारण गरी योजनाबद्ध रूपमा काम गरिरहेको बताउँदै उपाध्यायले टिमवर्क र उच्च मनोबलका महामारीमा काम गरिरहेको प्रमुख उपाध्यायले बताए।

नारायणी अस्पतालले ५ वटा बेडबाट सुरू गरेको महामारी रोकथाम र नियन्त्रणको अभियान अहिले ७०–७२ ओइसोलेसन बेडसम्म प्रबन्ध गरिसकेको स्थितिमा पुगेको छ।
कोरोनासँग सम्बन्धित ९६ जनालाई अस्पतालमा ‘केयर टेक’ गरिँदैछ।

‘दायित्व र जिम्मेवारी बढ्यो’

कोरोन भाइरसको महामारीको त्रास ‘पिक प्वोइन्ट’मा पुगेका बेला प्रदेश २ का कतिपय स्वास्थ्यकर्मीहरूले त बिरामी नजाँच्ने ‘घोषणा’ नै गरे। जटिल अवस्था सिर्जना भयो।

तर, नारायणी अस्पतालले अलग्गै मोडालिटी बनाएर काम थाल्यो। ‘अवसर र चुनौती दुवै छ, थ्रेटलाई अपरच्युनिटीका रूपमा लियौं र अगाडि बढ्यो,’ उनले भने, ‘महामारीको कुन रूपमा जान्छ, त्यसको विश्लेषण गरेर अघि बढ्नुको विकल्प पनि छैन।’

प्राथमिकताहरू निर्धारण गरी योजनाबद्ध रूपमा काम गरिरहेको बताउँदै उपाध्यायले टिमवर्क र उच्च मनोबलका महामारीमा काम गरिरहेको प्रमुख उपाध्यायले बताए।

नारायणी अस्पतालले सुरूआतमा सरसफाइ कर्मचारीदेखि नर्सिङ स्टाफ, डाक्टर, पारामेडिक्स, फार्मेसीदेखि अन्य सेवाका गरी २ सय २५ जनाको टिम परिचालन गरेको थियो।

संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन नदिन र व्यवस्थापकीय पक्षलाई दृष्टिगत गरी अहिले ३५ देखि ४० जनासम्मको टिम परिचालन गरिएको छ।

प्रदेश, स्थानीय र संघीय सरकारको समन्वय अभाव

प्रदेश सरकार तथा स्थानीय सरकारहरूसँगको समन्वयको अभाव प्रदेश २ मा सुरूका दिनदेखि नै देखिएको थियो। तर, जिम्मेवारी पाएका स्वास्थ्य संस्थाहरूले आफूले पाएको भूमिका निर्वाह गरिरहेका छन्।

‘प्रदेश २ मा समन्वय कम भएको जस्तो अनुभूति हामीलाई पनि भइरहेको छ, स्टेकहोल्डरहरूले जिम्मेवारीबोध नगर्दा समस्या हुन्छ नै,’ प्रमुख उपाध्यायले भने, ‘तथापि, आ–आफ्नो ठाउँबाट सबैले काम गरिरहनु भएको छ।’

तर, जिम्मेवार निकायबाट बाध्ने वा नेतृत्वदायी भूमिका निर्वाह गरिदिएमा संकटलाई पार लगाउन अझै प्रभावकारी रूपमा काम गर्न सकिने उपाध्यायको धारणा छ।

‘कसैले धेरै, कसैले थोरै होला, सबैले आ–आफ्नो काम गरिनै रहेका छौं, तर अलिकति यी सबै कामको सुपरभिजन गर्ने संयन्त्रले जिम्मेवारीबोध गरिदिए हामीलाई अझै सजिलो हुनेथियो, स्वास्थ्यकर्मीको उत्साह बढ्नेथियो,’ प्रमुख उपाध्यायले भने।

कोरोना प्रकोपसँग लड्दै जनस्वास्थ्य विज्ञ

डा. उपाध्यायले २०७६ साउन २२ गतेबाट नारायण उपक्षेत्रीय अस्पतालको प्रमुख÷मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा सुरू गरे। उनले जिम्मेवारी पाएपछि अस्पतालको सुधारका लागि महत्त्वपूर्ण कार्यहरू सुरू गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उच्च तहमा काम गर्नुअघि क्षेत्रीय निर्देशक तथा बिमा बोर्डका कार्यकारी निर्देशक रहेका उपाध्यायले देशका विभिन्न जिल्लामा सेवा गरिसकेका छन्।

मेडिसियनमा एमबिबिएस गरेपछि पब्लिक हेल्थ पढेका डा. उपाध्याय नेपाली जनस्वास्थ्य क्षेत्रका प्रभावशाली विज्ञ हुन्।

डा. उपाध्याय जानुअघि नारायणी अस्पतालमा ‘टिम एप्रोच’ थिएन। उनी गएपछि सामुहिक कार्य प्रणालीको विकास गरे।

क्लिनिकल सब्जेक्टहरू थप्दै गए। ओपिडी सेवा सुधार र प्याथोलोजिस्ट थिएनन्, एक्सरे र आइसियूमा पनि एक–एक जनाले काम गरिरहेका थिए।

‘अस्पतालमा सुरूआती चरणमा मानव संसाधन थप्नुपर्ने अपरिहार्यता देखेँ, सोही बमोजिम थप गरियो, अहिले जनशक्ति र साधनस्रोतयुक्त बनाउन सकेका छौं,’ प्रमुख उपाध्यायले भने।

तर, अझै पनि धेरै काम बाँकी रहेको प्रमुख उपाध्यायले बताए। मेसिन, औजारहरू थप गर्ने, व्यवस्थित ल्याब निर्माण गर्नेतर्फ आफ्नो योजना केन्द्रित रहेको डा. उपाध्यायले बताए।

‘ओपिडी बेसिसमा ल्याब थप हुन्छ, आँखाको ओपिडी पनि चाँडै सञ्चालन हुँदैछ, कोरोना प्रकोपले अहिले केही समयलाई रोकियो, तर आन्तरिक तयारीहरू भइरहेकै छन्,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय