सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढी प्रयोगशालामार्फत गयराति गरीएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको हो। केलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिक श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन्। सुदूरपश्चिमका ५ जना संक्रमित उपचार पछि घर फर्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय