बाँके १४ सहित २० जनालाई कोरोना पाेजेटिभ, संक्रमितकाे संख्या ५ सय ७ पुग्यो

विभिन्न जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँके १४, कैलालीमा ३, बैतडीमा १, डडेल्धुरामा १, मोरङमा १ जनामा मा थप संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित सबै पुरुष रहेका छन् । यो सँगै नेपालमा संक्रमित संख्या ५ सय ७ पुगेको छ । जसमध्ये पुरुष ४ सय ३३ र महिला ७४ जना रहेका छन् ।
हालसम्म ४० वटा जिल्लामा कोरोना संक्रमित बिरामी फेला परेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये प्रदेश १ मा ८५, प्रदेश २ मा १ सय ५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २ सय २७, कर्णाली प्रदेशमा १ र सुदरपश्चिम १० जना संक्रमित फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय