कोरोना आशंका गरिएका एक व्यक्ति टेकु अस्पतालकाे आइसियुमा भर्ना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना आशंकामा एकजना आइसियुमा भर्ना भएका छन्। कोरोनाको लक्षण देखिएका एकजना आइसियुमा भर्ना भएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए।

उनका अनुसार अर्का व्यक्तिलाई पनि आइसोलेसनमा राखिएको छ। उनमा पनि कोरोनाका बिरामीमा हुने लक्षण देखिएको भण्डारीले बताए। स्वाब लिएर परीक्षणका लागि प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने बेलुकासम्म मात्रै आउने उनले बताए।

अस्पतालमा अहिले एक जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार ४ जना उपचारपछि निको भएर घर गइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय