भारतमा २४ घन्टामा १४८ को मृत्यु, ६ हजार बढी नयाँ संक्रमित

भारतमा बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १ सय ४८ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। जुन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन्।

भारतमा भाइरसको संक्रमणबाट अहिलेसम्म ३ हजार ५ सय ५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ५ सय १ जनामा संक्रमण रहेको पुष्टि भएको छ। बितेको २४ घण्टामा भारतका विभिन्न राज्यमा गरी ६ हजार १ सय ४२ जना संक्रमित थपिएका छन्।

भारतको महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ। महाराष्ट्रमा ४१ हजार ६ सय ४२ जनामा भाइरसको संक्रमण रहेको छ भने १ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ।

भारतमा रहेका १ लाख १८ हजार ५ सय १ जना संक्रमितमध्ये ४८ हजार ५ सय ५३ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

भारतभर अहिलेसम्म २६ लाख १५ हजार ९ सय २० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख ३४ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ भने ५१ लाख ९७ हजार बढी संक्रमित भएका छन्। संक्रमितमध्ये २० लाख ८२ हजार ६ सय २६ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपालमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ भने ४ सय ८७ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ४९ जना घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय