बाँकेमा २१ कोरोना संक्रमित डिस्चार्ज, निको हुने संख्या ७० पुग्यो

बाँकेका २१ जना कोरोना संक्रमित निको  भएर डिस्चार्ज भएका छन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको उपचाररत २१ जनाको दोस्रो पटकको कोरोना परीक्षणको रिर्पोट नेगिटिभ आएपछि डिस्चार्ज भएको भेरी अस्पतालका  डाक्टर बद्री चापागाईंले बताए ।

उनका अनुसार संक्रमित नेपालगञ्ज उपमहानरपालिका वडा नम्बर ८ का हुन् । डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षिय पुरुष पनि छन्। वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए। हाल अस्पतालमा ६ जना संक्रमित रहेका छन् ।

यो सँगै नेपालमा कोरोना निको हुने संख्या ७० पुगेको छ । हालसम्म कोरोना संक्रमित ४ सय ८७ पुगेको छ ।

जसमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके, गुल्मी र सिन्धुपाल्चोकका रहेका छन् । हालसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय