८ वर्षीया बालिकासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७

शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस बारे जानकारी गराएको छ। मन्त्रालयका अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी ३० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय