भरतपुरका संक्रमितको नालीबेली : लहरीमा रक्सौल, औषधी बोक्ने ट्रकमा चितवन

सेवानिवृत्त भएपछि सञ्चयकोषको पैसा झिक्न भारतको कोलकाता पुगेका देवचुली नगरपालिका–१२ का ४९ वर्षे पुरुष कोरोना भाइरस महामारीको चौतर्फी हल्लापछि घर फर्कने हतारोमा थिए।

उनी नेपालबाट भारतमा लकडाउन हुनुभन्दा अगाडि नै कोलकाता पुगेका थिए। भारत सरकारले लकडाउन गर्नुभन्दा तीन दिनअघि सञ्चयकोषको काम सिध्याएका उनलाई ३० वर्षदेखि सँगै रहेका साथी भेट्ने चाहना भयो।

केही साथीहरूलाई व्यवहार मिलाउनुपर्ने भएकाले उनी केही दिन कोलकातामा नै बस्नुप-यो।

तर, कोरोनाको जोखिम नियन्त्रण गर्न भन्दै भारतले चैत १२ देखि लकडाउन सुरु गरेपछि उनी त्यहीं रोकिए। लकडाउनका सुरुवाती चरणमा दैनिक गुजारा चलाउन केही सहज भए पनि पछि गाह्रो हुँदै आयो। ‘लकडाउन खुल्छ अनि घरमा जाउँला भने तर खुल्ने छाँट देखिएन। आफूसँग भएको पैसा पनि सकियो। काम पनि पाइएन,’ उनले फोन सम्पर्कमा भने, ‘मर्न परे बरु नेपालमै गएर मरौंला भनेर नेपाल फर्किएँ।’

भारतमा कोरोनाले महामारीको रूप नै लिएको छ। उनलाई पनि कोरोनाको भय बढ्न थाल्यो अनि त्यही संन्त्रासबाट भाग्दै नेपाल फर्किएका उनलाई अन्नतः कारोना भाइरसले छाडेन। वैशाख ३१ मा भरतपुरस्थित प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो। तर, आफूलाई कोरोना संक्रमण पुष्टि भएको समाचारले उनलाई कुनै अचम्मित भने पारेन।

वैशाख २२ गते कोलकाताबाट हिँडेका उनी लहरीमा चार दिन लगाएर रक्सौल उत्रिए। उनीसँग त्यहाँ तीनजना थिए। रक्सौल नाकामा उनले तीन दिन कटाए। त्यहाँबाट औषधी बोक्ने ट्रकमा चितवन आएका थिए। देवचुलीका जनप्रतिनिधिसँगको सम्पर्कमा उनी यहाँसम्म आएका हुन्। कारोना भाइरस आफूलाई कसरी कहाँ स-यो भन्ने यकिन छैन उनलाई।

कुनै लक्षण नदेखिए पनि भारतबाट सिधै घर नगई उनी कोरोना परीक्षण गर्न भरतपुर कोराना अस्पतालमा भर्ना हुन आए।

‘बाटोमा आउँदा सबैसँग घुलमिल भएको थियो। मलाई पनि कोरोना संक्रमण देखिन सक्छ भन्ने लाग्यो,’ उनले भने, ‘मैले गर्दा अरुलाई कोरोना नसरोस् भनेर सिधै अस्पतालमा भर्ना हुन आएको थिएँ।’

वैशाख २२ गते कोलकाताबाट हिँडेका उनी लहरीमा चार दिन लगाएर रक्सौल उत्रिए। उनीसँग त्यहाँ तीनजना थिए। रक्सौल नाकामा उनले तीन दिन कटाए। त्यहाँबाट औषधी बोक्ने ट्रकमा चितवन आएका थिए। देवचुलीका जनप्रतिनिधिसँगको सम्पर्कमा उनी यहाँसम्म आएका हुन्। कारोना भाइरस आफूलाई कसरी कहाँ स-यो भन्ने यकिन छैन उनलाई।

वैशाख ३० को रातिदेखि उनी भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन्। उनले रक्सौलबाट चितवन आउँदाको ट्रक नम्बर पनि प्रहरीलाई दिएका छन्। अहिलेसम्म ट्रकचालक फेला परे, नपरेको उनलाई थाहा छैन।

भरतपुर सडकमा हिँडेको देखेर एकजना युवकले मोटरसाइकलमा पु-याइदिन्छु भनेर समेत सोधेको उनले सुनाए। तर, आफू भारतबाट आएको भन्दै उनले ती युवाको प्रस्ताव नकारेका थिए।

अस्पतालमा उपचाररत उनले आफूलाई अहिले पनि कोरोना लागेको अनुभव नै नभएको प्रतिक्रिया दिएका छन्। ‘म पहिले जस्तो थिएँ, अहिले पनि त्यस्तै छु,’ उनले भने, ‘शारीरिक रूपमा मलाई कुनै समस्या छैन। कोरानाको रिपोर्ट नेगेटिभ आएपछि म घरमा गइहाल्छु।’

संक्रमित उनको अवस्था सामान्य रहेको र आफैंमा पनि दह्रो आत्मबलसाथ आइसोलेसनमा बसेको उपचाररत चिकित्सक डा. शान्ति भूर्तेलले बताइन्।

अहिले उनको दैनिकी परिवार र आफसँग फोन सम्पर्कमा बितेको छ । उनले परिवारका सदस्य, आफन्तसँग फोनमा कुरा गर्दै आराम गरेरै दिन बिताउने गरेको सुनाए । घरमा उनका वृद्ध आमाबुवा, श्रीमती, दुई छोरी र सासुआमा छन्। छोरा भने जापानमा छन्।

‘बिहान र बेलुकी फोनमा छोरासँग कुरा हुन्छ। छोराले पनि नआत्तिनु भनेको छ। म पनि आत्तिएको छैन,’ आत्मबल बढाउँदै उनले भने, ‘आफूलाई कोरोना संक्रमण भएको थाहा पाएपछि घरपरिवारमा आत्तिएका थिए। मैले नआत्तिन भनें।’

आफ्नो स्वास्थ्य अवस्था सामान्य भएकाले केही दिनपछि पुनः ठीक भएर घर फर्किने उनको विश्वास छ।

एक सातादेखि उपचाररत उनी अस्पतालको हेरचाहप्रति खुसी नै छन्। कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मीसँग प्रत्यक्ष भेटघाट नभए पनि फोनमा कुरा भइरहने उनले सुनाए। ‘मेरो कक्षमा सिसिटिभी जडान भएको रैछ। म यताउत्ता गर्नेबित्तिकै फोन आइहाल्छ। गाह्रो, अप्ठ्यारो के छ भनेर सोध्नुहुन्छ,’ उनले भने, नआत्तिनुस ठीक हुन्छ भनिरहनुहुन्छ। मलाई पनि राम्रो छ।’

आइसोलेसनमा रहेका उनको चिकित्सककै प्रत्यक्ष निगरानीमा खानपिनको काम हुन्छ। बिहान–बेलुकाको खाना अस्पतालले नै उपलब्ध गराउँछ। तातोपानीका लागि वार्डमा विद्युतीय भाडाको व्यवस्था अस्पतालले गरिदिएको छ।

उनलाई खाना पनि अस्पतालले समयमै दिने गरेको छ। बिहान साढे ६ बजे चिया, बिस्कुट आउँछ। १० बजे दालभात तरकारी, दिउँसो ३ बजे चनासहितको खाजा आउँछ। बेलुका ७ बजे दालभात तरकारी आउँछ।

उनले भने, ‘रुचेजति खाने गरेको छु।’

संक्रमित उनको अवस्था सामान्य रहेको र आफैंमा पनि दह्रो आत्मबलसाथ आइसोलेसनमा बसेको उपचाररत चिकित्सक डा. शान्ति भूर्तेलले बताइन्।

‘हामीले दिएको खानुभएको छ, समस्या केही छैन,’ डा. भूर्तेलले भनिन्, ‘अहिलेसम्म आफ्नो स्याहार आफैंले गर्नुभएको छ।’

खाना, पानी र औषधी उपचारमा उनको कुनै गुनासो छैन। एक्लोपनको महसुस हुन नदिन उनीहरूलाई मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था छ। बेला–बेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको बिषयमा जानकारी लिने गरेको डा. भूर्तेलले बताइन्।

संक्रमित पुरुषको उपचारका क्रममा कुनै समस्या नभए पनि सरकारप्रति एउटा गुनासो भने छ। भारतीय सीमामा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्न सरकार चुकेकोमा उनी दुखी छन् । ‘भारतीय सीमामा कयौं नेपाली अलपत्र परेका छन्। उनीहरूलाई सरकारले कुनै व्यवस्था गरेन,’ उनले भने, ‘सीमामा १४ दिन क्वारेन्टाइन बसेका नागरिकलाई छिटो फिर्ता ल्याओस्। जो खान नपाएर छट्पटाइरहेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय