खजुरा गाउँपालिका स्वास्थ्य उपसंयोजक नर्सलाई कोरोना

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको बाँकेका नर्समा समेत कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयले साँझ सार्वजनिक गरेको थप तीनमध्ये बाँकेका दुई र कपिलवस्तुमा एक छन् ।

उनी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर-३, की स्टाफ नर्स हुन् ।

उनी बाँकेको खजुरा गाउँपालिका स्वास्थ्य उपसंयोजकसमेत हुन् ।

ती मध्ये खजुरा ३ की ४२ वर्षे महिला सोही गाउँपालिकाकी नर्स रहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै हाम्रा बाँकेस्थित सहकर्मी गुरुमुरत यादवले बताए । कोरोना नियन्त्रण तथा रोकथाममा उनले निर्वाह गरेको भूमिका स्थानीयस्तरमा निकै प्रशंसित छ ।

योसँगै बिहीबार नेपालमा १३ संक्रमित थपिएको छ । हालसम्म प्रमाणित भएका ४५७ संक्रमितमध्ये नर्सको संख्या अब ६ पुगेको छ ।

योसँगै बिहीबार नेपालमा १३ संक्रमित थपिएको छ । हालसम्म प्रमाणित भएका ४५७ संक्रमितमध्ये नर्सको संख्या अब ६ पुगेको छ । यसअघि धनकुटा अस्पतालमा २, तौलिहवा अस्पतालमा १, नारायणी अस्पतालमा १ र भक्तपुरको एक निजी अस्पतालमा कार्यरतसमेत गरी पाँच नर्स संक्रमित भइसकेका छन् ।

तीबाहेक नेपाल सेनाका एक र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक गरी २ चिकित्सक छन् । तीबाहेक धनकुटामा २ स्वास्थ्यकर्मी र एक जना स्वास्थ्यकर्मीको परिवारसमेत कोरोना संक्रमित भइसकेका छन् ।
कोरोना संक्रमणको दर र दायरा बढ्दै जाँदा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी पनि जोखिममा पर्दै गएका हुन् । पेशागत संघ संगठनहरूले सुरक्षा सामग्रीको माग उठाइरहे पनि पूरा हुन सकेको छैन ।

2 thoughts on “खजुरा गाउँपालिका स्वास्थ्य उपसंयोजक नर्सलाई कोरोना

  1. यथार्थ बुझेर मात्र समाचार संप्रेषण गर्दा राम्रो होला

    1. News ko trust kasari garne ho! She was not posted in khajura cancer hospital.Baru she will be admitted in khajura cancer hospital.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय