को बन्ला आइओएमको १७औं डिन?  रहला कि भत्केला डा. गोविन्द केसीले बसाएको थिति?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सबैभन्दा प्रतिष्ठित संस्थान चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का यही जेठ २२ देखि रिक्त हुने डिन पदलाई लिएर प्राध्यापकबीच प्रतिस्पर्धा र दौडधूप सुरू भइसकेको छ। कुनै बेला दक्षिण एसियाकै प्रतिष्ठित चिकित्सा शिक्षा सेन्टरको रूपमा कहलिएको आइओएमको नेतृत्वमा को आउनी भन्ने चर्चासँगै अर्को चासोको विषय नियुक्तिको आधार बनेको छ।

चिकित्साशास्त्र सुधारका लागि भन्दै पटकपटक अनशन गरेका डा. गोविन्द केसीले सबैभन्दा बढी दिन यही संस्थाको नेतृत्वमा थिति बसाल्न भन्दै भोकै बसे।
यतिसम्मकी आइओएममा पछिल्लो पटक अस्पतालको कार्यकारी निर्देशक नियुक्ति हुँदासमेत वरिष्ठताकै आधार टेकेर डा. प्रेम खड्का चुनिएका थिए।

अहिले एकातिर डा. केसीले संस्थानबाट अवकास पाइसकेका छन्। अर्कोतिर नियुक्ति दिने ठाउँ अर्थात् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पनि आइओएमकै प्राध्यापक डा. धर्मकान्त बाँस्कोटा छन्।

अर्को रोचक संयोग के छ भने डा. गोविन्द केसीको आइओएमको डिन नियुक्ति भागबन्डाका आधारमा नभई वरिष्ठताका आधारमा हुनुपर्ने मागकै कारण सबैभन्दा छोटो समय (तीनदिन) मा पद छोड्न बाध्य पारिएका चिकित्सकसमेत हुन्।

डा. केसीको संस्थानसँगको प्रत्यक्ष आबद्धता सकिएपछि हुन लागेको नियुक्तिमा वर्षांैदेखि बसेको ‘वरिष्ठताको आधार’मै नियुक्ति हुन्छ या अन्य आधारमा हुन्छ भन्ने चासो आइओएमका प्राध्यापकहरूमा छ।

‘अहिले पार्टी र आफना मान्छे हेर्ने प्रवृतिले सार्वजनिक संस्थाहरु ध्वास्त भएका छन्’ माथेमाले थपे, ‘आइओएममा त्यो अवस्था आउँन दिनुहुन्न’

२०६७ साल असारमा डा. केसीले पहिलो पटक आइओएममा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न र पछि योग्यता अनि क्षमताको आधारमा डिन नियुक्तिको माग गरेर अनशन सुरु गरेका थिए।

यसबीचमा डा. कुमुद काफ्ले, डा. प्रकाश सायमी, डा. राकेश श्रीवास्तव, र डा. जगदीशप्रसाद अग्रवाल वरिष्ठताका आधारमा डिन बने। वरिष्ठता मिचेर डिन बनेका डा. बाँस्कोटा, डा. शशी शर्मा र डा. केपी शर्माले नियुक्ति पाएर पनि काम गर्न पाएनन्।

आइओएमअन्तर्गत एक मेडिकलसहित ५ वटा नर्सिङ र सामान्य चिकित्साका कलेज छन् भने सम्बन्धनप्राप्त १५ कलेज छन्। आइओएमअन्र्तगत आंगिक कलेजमा मात्रै ६३ विधा र विषयको कार्यक्रम चल्छ भने सम्बन्धनप्राप्त कलेजमा ५६ विधाको कार्यक्रम चलाइन्छ। यो आधारमा संस्थाको प्राज्ञिक नेतृत्व महत्वपूर्ण छ।

त्रिभूवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले देशमा पछिल्लो पटक देखिएको संकटले पनि संस्थाहरुमा कस्ता नेतृत्व चाहिन्छ भन्ने दृष्टान्त देखिएको भन्दै आइओएमको लिडर इज्जत कमाएको चिकित्सक हुनुपर्ने बताए । ‘अहिले पार्टी र आफना मान्छे हेर्ने प्रवृतिले सार्वजनिक संस्थाहरु ध्वास्त भएका छन्’ माथेमाले थपे, ‘आइओएममा त्यो अवस्था आउँन दिनुहुन्न’

माथेमाले विश्वविद्यालयनै आइओएमबाट निस्किएको लिडरले हाँकीरहेको अवस्थामा अन्य पदमा भइरहेका नियुक्तीको नियती नदोहोरिने आशा राखेको बताए ।

वरिष्ठता आधार 
कुनै पनि प्राज्ञिक वा प्रशासनिक संस्थामा वरिष्ठता दुई आधार हुन्छ। सेवा प्रवेश र उच्च तहमा बढुवा वा नियुक्तिको आधार। आइओएममा हालसम्म ‘डिन’ प्राज्ञिक पद भएकाले प्राध्यापक भएको मितिलाई नै वरिष्ठताको आधार मान्ने गरिएको छ। प्राध्यापक एउटै मितिमा भएको अवस्थामा सेवा प्रवेशलाई दोस्रो आधार मानिन्छ।

आइओएममा हालका ६३ प्राध्यापकमध्ये डिन डा. जगदीशप्रसाद अग्रवालसँगै डा. अरूण सायमीले जेठ २२ गते अनिवार्य अवकाश पाउँदैछन्। डा. अग्रवाल र सायमीभन्दा २ दिनअघि अर्का चिकित्सक डा. गीता सायमीले अवकास पाउँदैछिन्। बाँकी ६० प्राध्यापकमध्ये वरिष्ठता सूचीमा रहेका डा. प्रताप नारायण प्रसाद संस्थानअन्तर्गतकै क्याम्पस प्रमुख छन्।

आइओएमको डिनका लागि डा. सिंह पछाडि वरिष्ठतामा न्युरो विभागका प्रमुख डा. सुशीलकृष्ण सिल्पकार छन्। सिल्पकारको आइओएममा आबद्ध भएको मिति २०५१ भए पनि प्राध्यापक भएको आधार डा. सिंह सँगै हो।

त्यसपछि अहिले पाँचौं नम्बरमा रहेका डा. प्रेमकृष्ण खड्का अस्पतालका कार्यकारी निर्देशक छन्। उनी पनि एक महिनापछि अवकाश पाउँदैछन्।

यसरी हेर्दा हालको सूचीमा छैटांै नम्बरमा रहेका डा. योगेन्द्रप्रसाद सिंह वरिष्ठतम् प्राध्यापक सूचीमा पहिलो नम्बरमा पुग्छन्। जनरल सर्जरीका प्राध्यापक सिंहसँगै ०६५ साल असोज २९ मा प्राध्यापक भएका चिकित्सकको संख्या ७ छ। तर, नियुक्तिका आधारमा हेर्दा सिंह ०३६ सालमा त्रिवि सेवा प्रवेश गरेको ०५६ सालमा उपप्राध्यापक भएका थिए। उनको अवकाश मिति पनि २०८० साल कात्तिकमा छ।

डा. सिंहपछि वरिष्ठता सूचीको दोस्रोक्रममा रहेका डा. शशी शर्मा यसपालि डिनका लागि चर्चा र दौडमा छैनन्। वरिष्ठता मिचेर डिन बनेको भन्दै डा. केसीको अनशनको बलमा हटाइएका डा. शर्माले चारवर्षे कार्यकाल चार दिनमात्रै वाँकी रहँदा अदालतबाट चाहेमा पदमा फर्किन सक्ने आदेश पाएका थिए।

तेस्रो नम्बरमा इन्टरनल मेडिसिनका डा. सुनीलचन्द्र झा, चौथोमा डा. प्रदीपकृष्ण श्रेष्ठ र पाँचांैमा डा. मीता सिंह छन्। झाको जागिर अवधि अझै २ वर्ष रहे पनि उनी डिन बन्ने दौडमा नलागेको चिकित्सकहरू बताउँछन्। डा. श्रेष्ठ तीन सातामै र डा. सिंह तीन महिनाभित्रै अवकाश पाउने भएकाले दौडमा रहन्नन्।

आइओएमको डिनका लागि डा. सिंह पछाडि वरिष्ठतामा न्युरो विभागका प्रमुख डा. सुशीलकृष्ण सिल्पकार छन्। सिल्पकारको आइओएममा आबद्ध भएको मिति २०५१ भए पनि प्राध्यापक भएको आधार डा. सिंह सँगै हो।

वरिष्ठता, तत्काल अवकाश पाउने क्रममा नरहेको हेर्दा सिल्पकारपछि रहेका डा. प्रदीप वैद्य तेस्रो नम्बरमा छन्।

वैद्य नेकपाको समर्थनमा डिन बन्ने पनि दौडमा देखिएका छन्। त्यसपछि वरिष्ठता क्रममा केही पछाडि रहे पनि डिन बन्न आफंै आकांक्षी भएका र प्राध्यापकहरूले अगाडि सारेका नामको सूची लामै छ।

पदमा रहँदा खासै प्रभावकारी काम गर्न नसकेको भनी आलोचना भएका पूर्व निर्देशक डा. दीपकप्रकाश महरादेखि अन्य भूमीकामा चर्चितअनुहार डा. भगवान कोइराला, डा. ईश्वर लोहनी, डा. दिव्यासिंह शाह र डा. रोहितकुमार पोखरेलको समेत चर्चा छ।

राजनीतिक आधारमा डा. दिनेश काफ्ले, डा. उत्तम श्रेष्ठ, डा. बालमुकुन्द रेग्मी र डा. रतिन्द्रनाथ श्रेष्ठ पनि डिनको दौडमा लागेको चर्चा भए पनि उनीहरूलाई नै डिन बनाउन पूर्ण अनुकूल वातावरण नरहेको सम्बद्ध चिकित्सकहरू बताउँछन्।

उनीबाहेक त्रिवि उपकुलपति रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेल आइओएममा डा. भगवान कोइरालालाई मनाउने र नभए आफन्त रहेका डा. रोहित पोखरेललाई बनाउने पक्षमा उभिने सम्भावना छ।

नियुक्तिका प्रमुख ‘फ्याक्टर’
वरिष्ठताबाहेकबाट डिन बनाउँदा हालका उपकुलपति डा. धर्मकान्त बाँस्कोटा सबैभन्दा बलियो फ्याक्टर रहन्छन्। तीबाहेक आइओएमभित्र र सरकारसँगको निकटताका आधारमा पनि नियुक्तिमा डा. भगवान कोइराला र डा. दिव्यासिंहको भूमिका पनि महत्वपूर्ण हुने जानकारहरू बताउँछन्।

डिन बन्ने दौडमा नरहेका एक प्राध्यापकका अनुसार खासगरी डा. बाँस्कोटालाई वरिष्ठताका आधार देखाएर डिन बन्न नदिएको ‘इगो’ निकै ठूलो छ। उनले अन्य उच्चस्तरीय भेटघाटमा पनि डा. केसीसँग त्यो रिस पोख्ने गरेका छन्। यो आधारमा उनी यसपालि कसरी प्रस्तुत हुन्छन् त्यो सबैभन्दा निर्णायक फ्याक्टर हुनसक्छ।

त्यो पक्ष हाबी भयो भने सबैभन्दा पीडित पहिलो नम्बरमा रहेका डा. सिंह हुनेछन्। उनी वरिष्ठ मात्रै होइनन् डा. केसी अनशनमा बस्दा सधैं उनको साथमा उभिने एकमात्रै फ्याकल्टी हुन्। त्यसैले पनि बाँस्कोटा उनलाई बनाउन चाहन्नन् भन्ने बुझाइ आइओएमका चिकित्सकहरूको छ।

उनीबाहेक त्रिवि उपकुलपति रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेल आइओएममा डा. भगवान कोइरालालाई मनाउने र नभए आफन्त रहेका डा. रोहित पोखरेललाई बनाउने पक्षमा उभिने सम्भावना छ।

उपकुलपति जे भए पनि आइओएमका संरचनामा डिन दौडमा रहेका अधिकांश डा. बाँस्कोटाभन्दा वरिष्ठ चिकित्सकहरू छन्। डा. कोइराला त्रिवि उपकुलपतिकै लागि पहिलो नम्बरमा सिफारिस भइसकेकाले डिनमा नफर्किने बुझाइ चिकित्सकहरूको छ। डा. कोइरालाले आफूभन्दा पनि संस्थाका लागि काम गर्नसक्ने भन्दै डा. लोहनीलाई अगाडि सार्ने चिकित्सकहरूको बुझाइ छ।

आफू निर्देशक हुँदा उपनिर्देशक भएका डा. लोहनीलाई शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनाउन डा. कोइरालाको जोडबल थियो।

तीबाहेक प्रधानमन्त्रीकी फिजिसियन रहेकी डा. सिंहले डिन बन्न चाहेमा उनका लागि परिस्थिति सबैभन्दा अनुकूल बन्नसक्छ। आफू नभए पनि नयाँ डिन नियुक्तिमा सिंहको भूमिका महत्वपूर्ण हुने बुझाइ चिकित्सकहरूको छ।

तर, डिनलगत्तै अस्पतालको निर्देशक पद पनि रिक्त हुने भएकाले त्यो डिन दौडमा रहेका कतिपयले एक महिनापछि रिक्त हुने निर्देशकमा मिलाउने सम्भावना रहने चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय