दाङका एक जनामा कोरोना पोजेटिभ

दाङका एक जनाका कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ।

बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गर्दै घोराही उपमहानगरपालिका–३ का ३७ वर्षे पुरुषमा काेराेनाको संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको छ।

कोरोना संक्रमणको आशंकामा प्रतिष्ठान, रोल्पा, लमही, तुल्सीपुर, घोराही उपमहानगरपालिका र सल्यान लगायतका स्थानबाट ६९ जनाको स्वाब संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये ६८ जनामा नेगेटिभ देखिएको थियाे भने एक जनामा पोजेटिभ पाइएको हाे।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म १ हजार ५४ जनाको नमूना संकलन भएको छ। ७ सय ६४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। जसमा ७ सय ६१ जनाको रिपोर्ट नेगेटिभ र २ सय ९० जनाको रिपोर्ट आउने प्रकृयामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय