ललितपुर महानगरलाई प्रारम्भ र आनीको सहयोग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ८ गते १७:४५

प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले ललितपुर महानगरपालिकालाई पिपिइ, किट सेट र फस्ट एड किट्स सहयोग गरेक छन्।

सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षेत्री, गायिका आनी छोइङ डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई १५ थान पिपिई र प्राथमिक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

ललितपुर महानगरपालिकाभित्र फोहोर सकंलन तथा सरसफाईमा दैनिक फिल्डमा काम गर्नेहरूका लागि उक्त सहयोग गरिएको प्रारम्भका डाइरेक्टर तिमल्सिनाले बताए।

लकडाउन सुरु भएयता विभिन्न स्थानीय निकाय, सरकारी तथा सामुदायिक अस्पताल, सुरक्षा निकाय एवं सञ्चार संस्थाका लागि विशेष सहयोग गरिरहेका दुवै संस्थाले अत्यावश्यक स्वास्थ्य सामग्री, पिपिइ, एन ९५ मास्क, स्यानिटाइजर, खाद्य सामाग्री एवं प्राथमिक स्वास्थ्य सामग्री सहयोग वितरण गर्दै आएको छ।

कोरोना संक्रमितको उपचारका लागी तोकिएका अस्पताल र कोरोना संक्रमण फैलिएका क्षेत्रहरूमा सहयोगका लागि सक्रिय प्रारम्भ र आनी छोइङ डोल्मा फाउन्डेसनले फ्रन्टलाइनमा क्रियाशील स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलाई सहयोग गरिएको आनी छोइङले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय