भारतबाट थप एक हजारभन्दा बढी नेपालीको उद्धार

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ जेठ ८ गते १७:०५

भारतको गौरिफण्टा नााकामा अलपत्र परेका थप एक हजार नेपाली नागरिकलाई स्वदेश भित्र्याइएको छ।

यस अघि तीन सय ७१ नेपाली नागरिकलाई गौरिफण्टा नाकाबाट सुदूरपश्चिम प्रदेश भित्र्याएको थियो। जिल्ला प्रशासन कार्यालय कैलाीका अनुसार भारतका विभिन्न स्थानबाट गौरिफण्टा नाकामा पुगेका एक हजार बढी नेपाली नागरिकलाई उद्धार गरी सम्बन्धीत स्थानीय तहमा पठाइने छ।

उद्धार गरेका नेपालीलाई आ–आफ्नो स्थानीय तहसम्म लैजान सम्बन्धी स्थानीयतहले नै बसको व्यवस्था गरे सीमामा तैनाथ गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। स्थानीय तहले बसको व्यवस्था गर्न नसकेको खण्डमा विचल्लीमा परेका नागरिकलाई भने धनगढीस्थित नवदुर्गा मावि र कैलाली बहुमुखी क्याम्पसमा निमार्ण गरिएका क्वारेण्टाइनमा राखिने छ।

भारत सरकारले नेपाल जान चाहने नागरिकलई सीमा नाकासम्म पु-याइदिने घोषणा गरेसँगै हरेकदिन सुदूरपश्चिम प्रदेशसँग सीमाना जोडिएका गड्डा चोकी, गौरिफण्टा, झलाघाट र खक्रौला नाकामा नेपालीको भिड लाग्न थालेको छ।

यता नेपालतर्फ निर्माण गरिएका क्वारेण्टाइनमा बसेका र भारत जान इच्छुक भारतीय नगरिकलाई पनि जिल्ला प्रशासन कार्यालयको रोहबरमा सीमानासम्म छोडिन थालिएको छ। जिल्ला प्रशासन कार्यालय कलालीका सूचना अधिकारी जोशीका अनुसा हालसम्म कैलालीबाट मात्रै एक हजार पाँच सयबढी भारतीय नागरिकलाई सीमासम्म पु-याएर भारतीय अधिकारीको जिम्मा लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय