४ सय ३५ जना कोरोना संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ सय ३५ जना कोरोना सम्भावित हुनसक्ने बताएको छ । ‘कोभिड १९’ को वेव पेजमा हालसम्म ४६ हजार ४ सय २७ जनाले आफ्नो स्वास्थ्यको बारेमा फारम भरेका छन् ।

ती मध्ये मन्त्रालयले ४ सय ३५ जनालाई रेड जोनमा अथवा सम्भावित संक्रमण हुने लिस्टमा राखेको छ । रेडजोनमा परेकाको इपिडिमियोलोजी तथा रोग रोग नियन्त्रण महाशाखा मार्फत कन्टयाक ट्रेसिङ भइरहेको प्रवक्ता विकास देवकोटाले बताए ।

कोरोनाको आशंकामा हालसम्म ३८ हजार ७ सय ३६ पिसिआरबाट कोरोना नमुना परीक्षण भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४ सय १३ परीक्षण भएको छ ।

बिहिबार क्वारेन्टाइन २५ हजार ३० रहेका छन । जसमध्ये प्रदेश १ मा १ हजार ३ सय ४९, प्रदेश २ मा ४ हजार ९ सय ६६, वागमती प्रदेशमा ५ सय २८, गण्डकी प्रदेशमा ५ सय ९१, प्रदेश ५ मा १४ हजार ७ सय ६०, कर्णाली प्रदेशमा ७ सय ४१ , र सुदुरपश्चिम प्रदेशमा २ हजार ९५ क्वारेन्टाइनमा रहेका छन् ।

यो सगैं नेपालमा कोरोना संक्रमण हुने संख्या ४ सय ५३ पुगेको छ । जसमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।
हालसम्म संक्रमित जिल्ला ३८ पुगेको छ ।

जसमध्ये प्रदेश १ मा ८४, प्रदेश २ मा १ सय ३६, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १ सय ९७, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिममा ५ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय