थप ९ कोरोना संक्रमण, संक्रमित संख्या ४ सय ५३ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । झापामा ८ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रुपन्देही २७ वर्ष पुरुष, झापाका १७, २३, ५२ र ५५ वर्षका पुरुषहरुमा संक्रमण देखिएको हो । त्यसैगरी १८ र २० वर्षका २–२ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यो सगैं नेपालमा कोरोना संक्रमण हुने संख्या ४ सय ५३ पुगेको छ । जसमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।
हालसम्म संक्रमित जिल्ला ३८ पुगेको छ ।

जसमध्ये प्रदेश १ मा ८४, प्रदेश २ मा १ सय ३६, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १ सय ९७, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिममा ५ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय