आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका प्रमुखविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ८ गते १६:१६

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार शर्माविरूद्ध एक लाख ४५ हजार ९२८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता प्रदीयकुमार कोइरालाका अनुसार भुसालले कार्यालयको कम्पाउन्ड वाल निर्माण गर्दा तीन वटा निर्माण व्यवसायीहरूले पेश गरेको दरभाउ पत्र केरमेट गरी सो बराबरको भ्रष्टाचार गरेको अनुसन्धानमा खुलेको छ।

भुसालले व्यवसायीले पेश गरेको निवेदनको मिति नै सच्याएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

उनले निर्माण कार्य सम्पन्न भए नभएको यकिन नगरी भुक्तानी दिने कार्य गरेको गरी पनि देखिएको अख्तियारले जनाएको छ। झुठा बिलका आधारमा भुक्तानी दिएको देखिन आएकोले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर आकर्षित देखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय