टेकु अस्पतालमा कोरोना उपचारत थप ४ जना डिस्चार्ज, निको हुने संख्या ४९ पुग्यो

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

बिहिबार पछिल्ला रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए ।

डिस्चार्ज हुनेमा २ महिला र २ पुरुष रहेका छन् । अब एक जना मात्र कोरोना पोजेटिभ संक्रमित रहेको डा. भण्डारीले बताए ।

यो सँगै नेपालमा कोरोना निको हुने संख्या ४९ पुगेको छ । हालसम्म कोरोना संक्रमित ४ सय ४४ पुगेको छ ।

जसमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके, गुल्मी र सिन्धुपाल्चोकका रहेका छन् ।

हालसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय