मुम्बईबाट झापा आएका थप ८ जनामा कोरोना पुष्टि

झापाको कचनकवल गाउँपालिकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको सो गाउँपालिकाले जनाएको छ।

उनीहरू सबै पुरुष हुन्। कोरोना पुष्टि भएकाहरु लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा राखिएका व्यक्ति हुन्।

गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण यादवका अनुसार ती सबै भारतबाट उद्धार गरी ल्याइएका नेपाली नागरिक थिए। साताअघि गाउँपालिकाले केचनापारि अलपत्र परेकाहरूको उद्धार गरेको थियो।

‘उनीहरू बम्बईबाट आएका थिए, क्वारेन्टाइनमा राखिएकाहरूको परीक्षण गर्ने क्रममा थप आठ जनामा कोरोना पुष्टि भएको हो,’ यादवले भने।

संक्रमितहरूमा सो गाउँपालिका ४,५ र ६ नम्बर वडाका रहेको यादवले जानकारी दिए।

बुधबार दिउँसो ५ र मध्य रातमा १० गरी १५ जनामा कोरोना पुष्टि भएको थियो। सो क्वारेन्टाइनमा ६५ जना राखिएको थियो। संक्रमित उनीहरू मध्येकै भएको जनाइएको छ।

यो सँगै कचनकवलमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ।

थप ९ कोरोना संक्रमण, संक्रमित संख्या ४ सय ५३ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय