निजी अस्पतालमा सःशुल्क कोरोना परीक्षण गराउँदा ठगी धन्दा बढ्छ : रमेश खरेल

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ८ गते १४:२७

रमेश खरेल नेतृत्वको हाम्रो नेपाल सुशासन अभियानले निजी अस्पतालहरूले १५ हजार रुपैयाँ लिएर कोरोना परीक्षण गर्ने कुराले नागरिकलाई थप पीडा हुने बताएको छ।

अभियानको तर्फबाट बिहीबार विज्ञप्ति जारी गरी खरेलले कोरोना नियन्त्रणको सवालमा हालसम्म प्रत्यक्ष भूमिका निर्वाह नगरेका निजी अस्पतालहरूलाई महँगो मूल्यमा परीक्षण गराउन दिँदा सर्वसाधारणलाई मर्का पर्ने जनाएका हुन्।

‘भारतमा समेत ४५ सय रुपैयाँसम्ममा परीक्षण गर्ने गरेको बुझिएको छ, तर नेपालमा यति महँगो किन हुन पुग्यो?,’ विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘यसले सर्वसाधारण ठगिने र ठगीधन्दा मौलाउँछ।’

अहिले नाफा कमाउने बेला नभएको भन्दै विज्ञप्तिमा यसतर्फ सरकारकाे ध्यान जानुुुुपर्ने भनिएकाे छ।

अहिले निजी अस्पताललक्षित गरी कोरोना परीक्षण सःशुल्क गर्न खोजिएको छ। शुल्क तोकिसकेको नभए पनि शुल्क निर्धारणबारे विभिन्न चर्चा चलिरहेका छन्।

विज्ञप्तिमा अहिले भएका क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार थाेरै पनि सुविधा, सुरक्षा र यथोचित व्यवस्थापन नभएकोले त्यहाँबाटै कोरोनाको संक्रमणकाे खतरा बढेको उल्लेख छ। विज्ञप्तिमा क्वारेन्टाइनमा सुविधा, सफाइ, दूरी कायम र सुरक्षा लगायत निर्धारित मापदण्डको परिपालनातर्फ सरकारको ध्यानाकर्षण गराइएको छ।

खरेलले विज्ञप्तिमा विदेशमा अलपत्र परेका नेपालीलाई थप पीडा, कष्ट र दुःखबाट जोगाउन र नैसर्गिक हक अनुसार आफ्नो देश आउन पाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेका छन्। उनले साधन-स्रोत जुटाएर कुशल व्यवस्थापन प्रणालीद्वारा स्वदेश ल्याउने कार्यलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय