क्वारेन्टाइन बनाउन साढे ५१ लाख, राहतमै ४ करोड सकियो

चितवनमा क्वारेन्टाइन निर्माण तथा सञ्चालनका लागि साढे ५१ लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाइएको छ।

जिल्लाका सात स्थानीय तहले वैशाख मसान्तसम्म क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनको खाना शुल्कसहित ५१ लाख ५३ हजार १ सय १३ रुपैयाँ खर्च गरेका हुन्।

जिल्ला समन्वय समिति चितवनलाई बुझाएको खर्च विवरणअनुसार स्थानीय निकायले क्वारेन्टाइनमा बसेकाको खाना तथा औषधी व्यवस्थापनका लागि मात्रै २५ लाख २० हजार ६ सय ८५ रुपैयाँ खर्चेका छन्। जबकि जिल्लामा क्वारेन्टाइन अवधि पूरा गर्ने ८९ जनामात्र रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ।

यसरी हिसाब गर्दा एकजनाले २८ हजार ३ सय रुपैयाँबराबरको खाना खाएको देखिन्छ। तर, क्वारेन्टाइन अवधि पूरा गरेका व्यक्तिहरूले भने खानाको राम्रो व्यवस्था नभएको बताउँदै आएका छन्।

‘हामीलाई बिहान चिया दिइन्थ्यो। त्यसपछि १० बजे सादा खाना आउँथ्यो। दिउँसो कहिले चिउरा चाउचाउ त कहिले चना दिइन्थ्यो। बेलुका सादा भात आउँथ्यो,’ माडीस्थित क्वारेन्टाइनमा बसेका एक व्यक्तिले भने, ‘त्यस अवधिमा जम्मा दुई छाक मासु दिइएको थियो।’

हिसाब गर्दा एकजनाले २८ हजार ३ सय रुपैयाँबराबरको खाना खाएको देखिन्छ। तर, क्वारेन्टाइन अवधि पूरा गरेका व्यक्तिहरूले भने खानाको राम्रो व्यवस्था नभएको बताउँदै आएका छन्।

यस्तै जिल्लामा वैशाख ३१ सम्म ३५ स्थानमा २ सय ९१ जना क्षमताको क्वारेन्टाइन तयार भएका थिए। यी क्वारेन्टाइनको निर्माण, आवश्यक पर्ने सामान खरिद, शयनकक्ष व्यवस्थापनका लागि २६ लाख ३२ हजार ४ सय २८ रुपैयाँ खर्च भएको छ। क्वारेन्टाइन निर्माण शीर्षकअन्तर्गत १६ लाख ४० हजार १ सय ९३ रुपैयाँ र क्वारेन्टाइनमा आवश्यक पर्ने सामान, शयनकक्ष व्यवस्थापन शीर्षकअन्तर्गत ९ लाख ९२ हजार २ सय ३५ रुपैयाँ खर्च भएको जिल्ला समन्वय समिति चितवनले जानकारी दिएको छ।

धेरै खर्च गर्ने माडी नगरपालिका

चितवनका सात स्थानीय तहमध्ये क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि सबैभन्दा बढी खर्च गर्नेमा माडी नगरपालिका रहेको छ। माडीले क्वारेन्टाइन निर्माण, व्यवस्थापन, खाना र औषधीका लागि २४ लाख ८० हजार ८ सय ६८ रुपैयाँ खर्च गरेको छ।

खाना र औषधीमा मात्रै ७ लाख ८७ हजार ८ सय ५९ रुपैयाँ खर्च गरेको जिल्ला समन्वय समिति चितवनले जनाएको छ। माडीका क्वारेन्टाइनमा अहिलेसम्म २७ जनाले क्वारेन्टाइन अवधि पूरा गरेर घर गएका छन्। हाल १६ जना क्वारेन्टाइनमा रहेको माडी नगरपालिकाले बताएको छ।

नौवटा क्वारेन्टाइन निर्माणका लागि ९ लाख ९१ हजार ५ सय ३८ रुपैयाँ खर्च भएको देखिन्छ। त्यस्तै क्वारेन्टाइनमा आवश्यक पर्ने सामान, शयनकक्ष व्यवस्थापनका लागि ७ लाख १ हजार ७१ रुपैयाँ खर्च गरेको छ। तर, सामानको विवरण उल्लेख गरिएको छैन।

राप्तीमा एककै खाना खर्च ४१ हजार

माडीपछि राप्ती नगरपालिकाले बढी खर्च गरेको छ। राप्तीले १४ लाख ९३ हजार १ सय ४६ रुपैयाँ खर्च गरेको पाइएको छ। राप्ती नगरपालिकाले अहिलेसम्म ३६ जना क्वारेन्टाइनमा राखेको छ। तर, त्यहाँ बसेकाको खाना र औषधी खर्चमात्रै १४ लाख १३ हजार १ सय १४ रुपैयाँ छ।

जब खाना र औषधीमा प्रत्येक व्यक्तिबराबर ४१ हजारभन्दा खर्च भएको देखिन्छ। जिल्ला प्रशासन कार्यालय चितवनलाई बुझाएको विवरणअनुसार राप्ती नगरपालिकामा अहिलेसम्म २७ जनाले क्वारेन्टाइन अवधि पूरा गरेका छन् भने ९ जना अझै क्वारेन्टाइनमा छन्।

क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि कालिका नगरपालिकाले ४ लाख ३ हजार १ सय ३१, रत्ननगर नगरपालिकाले २ लाख ५५ हजार, भरतपुर महानरपालिकाले २ लाख, खैरहनी नगरपालिकाले १ लाख ६७ हजार ९ सय २५ र इच्छाकामना गाउँपालिकाले १ लाख ५३ हजार रुपैयाँ खर्च गरेका छन्।

त्यसमध्ये इच्छाकामना गाउँपालिका र भरतपुर महानगरले क्वारेन्टाइनमा बसेकाको खाना खर्च बुझाएका छैनन्। भरतपुर महानगरमा १४ जना र इच्छाकामना गाउँपालिकामा १२ जना क्वारेन्टाइनमा बसेका छन्।

नौवटा क्वारेन्टाइन निर्माणका लागि ९ लाख ९१ हजार ५ सय ३८ रुपैयाँ खर्च भएको देखिन्छ। त्यस्तै क्वारेन्टाइनमा आवश्यक पर्ने सामान, शयनकक्ष व्यवस्थापनका लागि ७ लाख १ हजार ७१ रुपैयाँ खर्च गरेको छ। तर, सामानको विवरण उल्लेख गरिएको छैन।

तीमध्ये ११ जनाले क्वारेन्टाइन अवधि पूरा गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए।

४ करोडबराबर राहत वितरण

चितवनमा लकडाउनको समयमा समस्यामा परेका व्यक्तिहरूलाई ३ करोड ८५ लाख १० हजार रुपैयाँको राहत सामग्री वितरण गरिएको छ। वैशाख ३१ गतेसम्म जिल्लाका ४५ हजार ६ सय २० परिवारलाई त्यत्ति रकम बराबरको खाद्यान्न सामग्री विरतण गरिएको जनाइएको हो।

जिल्ला समन्वय समिति चितवनका अनुसार एक परिवार बराबर ८ सय ४४ रुपैयाँबराबरको खाद्यान्न बाँडिएको छ। जिल्लाका सात स्थानीय तहमध्ये राहत वितरणका लागि सबैभन्दा बढी खर्च रत्ननगर नगरपालिकाले गरेको देखिन्छ।

रत्ननगरले ५ हजार ७ सय ६३ परिवारका लागि ८२ लाख ५५ हजार ३ सय ३७ रुपैयाँ खर्चे गरेको छ। त्यसपछि खैरहनी नगरपालिकाले ७३ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ। खैरहनीले ८ हजार १ सय १ घरपरिवारलाई राहत सामाग्री उपलब्ध गराएको तथ्यांक सार्वजनिक गरेको छ।

भरतपुर महानगरले १६ हजार ३ सय ९२ घर परिवारलाई ७२ लाख २२ हजार रुपैयाँको खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ। जसमा १ लाख ४१ हजार ८ सय ९० जना लाभान्वित भएको महानगरको दाबी छ।

राप्ती नगरपालिकाले पनि आफ्नो समपूरक कोषको बजेटबाट ६४ लाख ८० हजार रुपैयाँको राहत वितरण गरेको जनाएको छ। ६ हजार ५ सय ९२ घरधुरीलाई राहत सामग्री बाँडेको हो।

इच्छाकामना गाउँपालिकाले ८ लाख ७८ हजार ९ सय रुपैयाँको राहत सामग्री वितरण गरेको छ।

राहतका लागि ५ करोड ७९ लाख बजेट

चितवनका सात स्थानीय तहले राहत वितरणका लागि ५ करोड ७९ लाख १६ हजार ६ सय ३१ हजारको बजेट विनियोजन गरेका छन्। त्यसमध्ये वैशाख ३१ गतेसम्म ३ करोड ८५ लाख रुपैयाँ खर्च भइसकेको छ।

राहत वितरणका लागि सबैभन्दा बढी भरतपुर महानगरले बजेट विनियोजन गरेको छ। महानगरले २ करोड रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको छ। रत्ननगर नगरपालिकाले १ करोड ३९ लाख ६६ हजार, खैरहनी नगरपालिकाले ८१ लाख, कालिका नगरपालिकाले ५० लाख, माडी नगरपालिकाले ३२ लाख र इच्छाकामना गाउँपालिकाले ११ लाख ७० हजार बजेट विनियोजन गरेको जिल्ला समन्वय समिति चितवनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय