भारतमा २४ घण्टामा १३२ जनाको मृत्यु, ५ हजारबढी थप संक्रमित

भारतमा बितेको चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ३२ जनाको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

भारतमा भाइरसको संक्रमणबाट अहिलेसम्म ३ हजार ४ सय ३५ जनाको ज्यान गएको छ भने १ लाख १२ हजार ३ सय ५९ जनामा संक्रमण रहेको पुष्टि भएको छ। बितेको चौबिस घण्टामा भारतका विभिन्न राज्यमा गरी ५ हजार ६ सय ९ जना संक्रमित थपिएका छन्।

भारतको महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ। महाराष्ट्रमा ३९ हजार २ सय ९७ जनामा भाइरसको संक्रमण रहेको छ भने १ हजार ३ सय ९० जनाको मृत्यु भएको छ।

दिल्लीमा ११ हजार ८८ जना भाइरसबाट संक्रमित भएका छन् भने १ सय ७६ जनाले ज्यान गुमाएका छन्।

गुजरातका १२ हजार ५ सय ३७ जना भाइरसका संक्रमितमध्ये ७ सय ४९ जनाको मृत्यु भएको छ भने मध्यप्रदेशमा रहेका ५ हजार ७ सय ३५ जना संक्रमितमध्ये २ सय ६७ जनाको मृत्यु भएको छ।

त्यस्तै,तामिलनाडुका १३ हजार १ सय ९१ जना भाइरसका संक्रमितमध्ये ८७ जना, आन्ध्र प्रदेशका २ हजार ६ सय २ जनामा ५३, बिहारका १ हजार ६ सय ७४ मा १०, उत्तर प्रदेशका ५ हजार १ सय ७५ जनामा १ सय २७, राजस्थानका ६ हजार १५ जनामा १ सय ४७ जना र पश्चिम बंगालका ३ हजार १ सय ३ जना संक्रमितमध्ये १ हजार १ सय ३६ जनाको मृत्यु भएको छ।

भारतमा रहेका १ लाख १२ हजार ३ सय ५९ जना संक्रमितमध्ये ४५ हजार ४ सय ९२ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

भारतभर अहिलेसम्म २५ लाख १२ हजार ३ सय ८८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख २९ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ भने ५० लाख ९० हजारबढी संक्रमित भएका छन्। संक्रमितमध्ये २० लाख २४ हजार २ सय २२ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपालमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ भने ४ सय ४४ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ४५ जना घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय