झापा १५ सहित थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, धनकुटा र सुनसरीका १७ जना कोरोनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकामाको वडा नम्बर ३, ६ र ८ मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुष रहेका छन्।

यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय