कोरोना नियन्त्रणबारे जानकारी लिन प्रधानमन्त्री छाउनीमा

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस रोकथाम, नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) छाउनी गएर महामारीबारे हालसम्म भएका कामहरूबारे जानकारी लिएका छन्।
नेपाली सेनाको नेतृत्वमा रहेको केन्द्रमा बुधबार भ्रमण गरी ओलीले हालसम्म भएका नियन्त्रण प्रयासबारे जानकारी लिएका हुन्।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सिसिएमसी अन्तर्गत रहेका चारवटै कार्य समूह (सुरक्षा, मेडिकल, लजिष्टिक र सूचना तथा प्रविधि)बाट भएका कार्य, भावी रणनीति र कार्यनीतिबारेमा जानकारी लिएको जंगी अड्डाले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्रीलाई भारतलगायत तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित ढंगबाट व्यवस्थापन गर्ने सम्बन्धमा प्रस्तुतिमार्फत जानकारी दिइएको थियो।

ओलीले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्य थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबै पक्षले उच्च मनोबलका साथ योगदान पुर्‍याउन निर्देशन दिएका थिए।

भ्रमणमा समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत समितिका सदस्यहरू गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा स्थानीय प्रशासनमन्त्री हृदयेश त्रिपाठी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत पदाधिकारीहरू थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय