पिसिआर परीक्षण शुल्क १५ हजार कसले तोक्यो, कतिसम्म पर्छ त शुल्क?

सरकार तथा जनसंख्या मन्त्रालयले जेठ २ गते मन्त्रिस्तरीय बैठकबाट आरटी पिसिआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी-विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने अनिवार्य सर्तमा तोकिएकाे दररेटमा परीक्षण सशुल्क उपलब्ध गराउने निर्णय गरियाे।

मन्त्रालयको जेठ ६ गतेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यही बेहाेराकाे विवरण दिए। तर, तत्कालैदेखि केही अनलाइन तथा सामाजिक सञ्जालमा सरकारले पिसिआरमार्फत गरिने परीक्षणमा १५ हजार शुल्क तोकेको हल्ला सुरु भयो । सेवा दिने स्वास्थ्य संस्थाले नै मापदण्ड अनुसारको परीक्षण शुल्क लिने पाउने मन्त्रालयको भनाइ छ।

कतिपय मानिसले यो विषयलाई गणतन्त्रकै लज्जाको विषय भन्दै सरकारको आलोचना गरे । निजी क्षेत्रलाई कोरोना परीक्षणको जिम्मेवारी दिन हुन नहुने विषयमा विज्ञहरूका फरक मत छन्। तर, यसको मतलब सरकारले अब कोरोना परीक्षणको शुल्क लिन सुरु गर्न लागेको भन्ने चाहिँ थिएन।

अहिले पनि सरकारले तोकिएको स्वास्थ्य संस्थामा कोरोनाको उपचार र परीक्षण भने निःशुल्क नै हुँदै आएको छ। अपरान्ह मन्त्रालयले चेतावनीयुक्त विज्ञप्ति नै निकालेर यस्तो गलत सूचना दिनेमाथि कारवाहीको चेतावनीसमेत दियो।

तर मन्त्रालयकै विज्ञाप्तिले पनि प्रयोगशाला परीक्षणको शुल्क कतिसम्म लाग्ला त भन्ने यकिन गर्न सकेन। मन्त्रालयले शुल्क, मापदण्ड निर्धारण र अनुमति दिने काम बाँकी नै रहेको भन्यो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कम्पनीअनुसार सामानले अनुसार मूल्य निर्धारण हुने बताए। ‘१५ हजार पर्ने विषयमा सत्यता नभएको हेल्थपोस्टसँगको कुराकानीमा डा. पोखरेलले भने,‘कम्पनी अनुसार सामानमा भरपर्ने कुरा हो।’

संसारभर आरडिटीका लागि चाहिने किट र पिसिआर किट तथा रिएजेन्टको मूल्यमा ठूलो अन्तर छ । त्यसो त आरडिटी परीक्षणका सन्दर्भमा १ हजार ५ सयसम्म शुल्क लिन सक्ने निर्णय सरकारले गरिसकेको छ ।

आरएनए निकालेपछि त्यसलाई डिएनएमा परिवर्तन गर्न रिभर्स ट्रान्सक्रिपटेज इन्जाइम (रिएजेन्ट) चाहिन्छ’ मिश्रले भने, ‘सो डिएनएमा अर्को रिएजेन्ट प्राइमर र प्रोबको प्रयोग गरेर पिसिआरको जाँच गरिन्छ । र, यसरी कोरोना पोजेटिभ वा नेगेटिभ पत्ता लगाइन्छ। ’

कति पर्छ परीक्षण शुल्क ?
सरकारले आरडिटीको परीक्षण किट ५ सय ६५ रुपियाँ देखि २ हजारसम्म पर्ने व्यवस्थापन महाशाखाका प्रमुख  भाेेगेन्द्र डाेटेलले बताए। सरकारले खरिद गरेको मूल्यमा २० प्रतिशत थप गरेर लिन पाउने गरी निर्णय गरेको छ । ‘कुन कम्पनी सामग्री छ, त्यसको  आधारमा दर कायम हुन्छ, डोटेलले भने,‘ अधितम लिँदा पनि २ हजार ४ सयसम्म पर्ने आउँछ ।’

भाइरोलोजिस्ट डा. श्रवण मिश्रका अनुसार पिसिआर परीक्षणका लागि भने स्वाब संकलनदेखि परीक्षणसम्म विभिन्न किट र रिएजेन्ट चाहिन्छ।

‘संकलित नमूनाको आरएनए निकाल्नको लागि एक्ट्रयाक्सन किट चाहिन्छ। आरएनए निकालेपछि त्यसलाई डिएनएमा परिवर्तन गर्न रिभर्स ट्रान्सक्रिपटेज इन्जाइम (रिएजेन्ट) चाहिन्छ ।’ मिश्रले भने, ‘सो डिएनएमा अर्को रिएजेन्ट प्राइमर र प्रोबको प्रयोग गरेर पिसिआरको जाँच गरिन्छ । र, यसरी कोरोना पोजेटिभ वा नेगेटिभ पत्ता लगाइन्छ।’

पिसिआर परीक्षण गर्ने किटका लागि ७ हजारदेखि १० हजार पर्न आउने डोटेलको भनाइ छ । १५ हजार पर्ने कुरामा सत्यता नभएको डोटेल बताउँछन् ।

तर मन्त्रालयका कतिपय अधिकारीले भने, खुल्ला बजारबाट प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रले ल्याउँदा कम खर्चमा हुन सक्ने वा निजी क्षेत्रलाई नाफाका लागि भन्दा सेवाका लागि यो सेवा सुरु गर्न सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय