थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ सय २७ पुग्यो

बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमित ३ देखि ४८ वर्षका रहेका छन् ।  २५ जना संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष छन् ।

जसमध्ये बाँकेमा ६ जनामा थप संक्रमण देखिएको छ । नरैनापुर-५ का १७, २०, २८, ३० र ४० का तथा खजुरा-५ का २७ वर्षका रहेेेेका छन् । त्यसैगरी धनकुटामा थप ५ जनालाई संक्रमण देखिएको छ । २८, २९, ३५, ३७ वर्षीय पुरुष रहेका छन् भने २४ वर्षीया महिला भएको मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा थप १३ जनामा संक्रमण देखिएको छ । जसमध्ये २२, ३५, ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा रहेका थिए भने महाराञ्ज गाउँपालिकामा रहेका ३, ४, ६ वर्षका बालबालिका, १६, २५ र ३२ वर्षका महिला तथा १२, २०, २४ र ३४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी, नवलपरासी पश्चिममा २६ वर्र्षका एक जना पुरुषलाई संक्रमण देखिएको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमित संख्या ४ सय २७ पुगेको छ । त्यसमध्ये पुरुष ३ सय ५८ र महिला ६९ जना रहेका छन् ।

संक्रमित जिल्ला हालसम्म ३८ पुगेको छ । जसमध्ये प्रदेश १ मा ५९, प्रदेश २ मा १ सय ३६, वागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १ सय ९६, कणाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय