अमेरिकामा बढी संक्रमित देखिनु गर्वको कुरा हो :  राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु र संक्रमित भेटिनु गर्व भएको बताएका छन्।

अमेरिकाको गुणस्तरीय स्वास्थ्य प्रणाली र सर्वसाधारणको स्वास्थ्य परीक्षणको दायरा फराकिलो भई धेरैको स्वास्थ्य चेकजाँच भएकाले भाइरसका धेरै संक्रमित भेटिएको र मृतकको संख्या बढी भएको दाबी गरे।

‘अमेरिकामा कोरोना भाइरसको संक्रमण बढी देखिनु गर्वको कुरा हो, हाम्रो स्वास्थ्य प्रणाली राम्रो अनि धेरैको स्वास्थ्य परीक्षण भएकाले संख्या बढेको हो,’ ट्रम्पले भनेका छन्।

ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले अमेरिकामा संक्रमित संख्यामा सबैभन्दा बढी छ

भन्नुको मतलब हामीले अरूको भन्दा धेरैको स्वास्थ्य परीक्षण गरेका छौं भनेर बुझ्नु हो।’

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। अमेरिकामा अहिलेसम्म ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ र १५ लाख ७० हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ।

अमेरिकामा अहिलेसम्म १ करोड २६ लाख ४५ हजार ४ सय ७३ जनाको स्वास्थ्य परीक्षण भएको छ। संक्रमित १५ लाख ७० हजार ५ सय ८३ जनामध्ये ३ लाख ६१ हजार १ सय ८० जना उपचारपछि निको भइ घर फर्किसकेका छन् भने ११ लाख १५ हजार ८ सय ७० जनाको उपचार भइरहेको छ। संक्रमितमध्ये १७ हजार २ सय ४९ जनाको अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय