कोरोना निको भएपछि कोसीबाट थप आठ डिस्चार्ज, निको हुने संख्या ४५ पुग्यो

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा गराइरहेको थप ८ कोरोना संक्रमितको डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो रिर्पोट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक रहेका छन् । उनीहरुलाई थप क्वारेन्टाइनमा बस्ने व्यवस्था गरि डिस्चार्ज गरिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले जानकारी दिइन ।

भुल्केका ३ जना होम क्वारेन्टाइनमा रहेने छ भने भारतीय नागरिकलाई विराटनगरको–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।  ५ भारतीय नागरिक बैशाख ५ मा भर्ना भएका थिए भने तीन स्थानीय मध्ये २ जना ९ बैशाख र एक जना १० बैशाखमा अस्पताल भर्ना भएका थिए ।

यो सँगै कोसी अस्पतालबाट कोरोनामुक्त भएर घर फर्किने संख्या २६ पुगेको भने हाल २८ जना संक्रमितको उपचार भइरहेको छ । देशभर निको हुने संख्या ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय