सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि कालीमाटी प्रहरी वृत्त सिल

महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कालीमाटी वृत्त, ट्राफिक वृत्त र महिला सेललाई सिल गरिएको प्रहरी प्रमुख डीएसपी रुगम कुँवर बताए ।

त्यहाँ भएका सबैको स्वाब संकलन गर्ने कार्य भइरहेको काठमाडौं महानगरीय परिसरका प्रमुख श्याम ज्ञवाली ले बताए । ‘त्यहाँ अहिले २ सय १४ जना रहेको छन्, उनले भने,‘ सिल गरेर सबैको नुमना परीक्षण गर्ने तयारी भएको छ ।’

संक्रमित दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा छन् । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको थियो । उनीहरु कालीमाटीको प्रहरीमा ब्यारेकमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय