गुल्मीका कोरोना संक्रमितकाे मृत्यु

गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। रूपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बुधबार बिहान मृत्यु भएको स्रोतको भनाइ छ। यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षे पुरुष हुन्। शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गरेपछि रूपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत थिए।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको विशेष कोरोना अस्पताल सार्न सकिएको थिएन।

उनलाई काेराेना स‍ंक्रमण पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएकाे थियाे। याेसहित नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सं‌ख्या तीन पुगेकाे छ ।

बुटवलको क्रिम्सन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्युको यसअघि प्रकाशित समाचारप्रति क्षमायाचना गर्दछौं । अस्पतालले जिम्मेवारी सरकारी अधिकारीालाई दिएको सूचनाका आधारमा नै यो समचार प्रकाशित गरेका थियौं । उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौ । सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय