तीन स्वास्थ्यकर्मी र दुई नर्समा कोरोना पोजेटिभ देखिएपछि धनकुटा अस्पतालको सबै सेवा रोकियो

जिल्ला अस्पताल धनकुटामा कार्यरत थप ३ स्वास्थ्यकर्मी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि एक नर्सलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालका ६३ कर्मचारीको परीक्षण गर्दा थप तीनजना कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन स्वास्थ्यकर्मी र २ नर्समा कोरोना पोजेटिभ देखिएसँगै सबै सेवा रोकिएको छ । अस्पतालमा उपचाररत बिरामी र तिनका कुरुवाकाे पनि परीक्षण भइरहेको छ । अस्पतालबाट कुल ६३ स्वाब संकलन गरिएकोमा १८ को रिपोर्ट आउन बाँकी छ ।

प्रदेश १ का निर्देशक चन्द्रदेव मेहताले अस्पतालमा कार्यरत स्टाफलाई संक्रमण देखिएको भन्दै त्यसको विस्तृत विवरण मन्त्रालयले नै सार्वजनिक गर्ने बताए ।

प्रदेश १ का निर्देशक चन्द्रदेव मेहताले अस्पतालमा कार्यरत स्टाफलाई संक्रमण देखिएको भन्दै त्यसको विस्तृत विवरण मन्त्रालयले नै सार्वजनिक गर्ने बताए ।

अस्पतालका प्रमुख डा. पुजन विकले अहिले आफूहरू सबै अस्पताल परिसरभित्रै क्वारेन्टाइनमा बसेको जानकारी दिए । ‘सुरुको संक्रमित नर्सलाई विराटनगर पठाइए पनि नयाँ रिपोर्ट आएका सबै यतै हुनुहुन्छ,’ उनले भने ।

बाँकी संक्रमितलाई समन्वय गरेर अन्न्यत्र सार्ने डा. विकले बताए । डा. विकले अहिले देशभरका अस्पतालहरू धनकुटाको जसरी नै चलिरहेको भन्दै यस्ता समस्या आउँदा के गर्ने भन्ने योजना चाहिने बताए । ‘अब तत्काल हामी कुनै सेवा दिनसक्ने अवस्थामा हुन्नौ,’ उनले भने, ‘सबै कुराका लागि हामीभन्दा माथिल्लाे निकायले योजना बनाउँलान्।’

जिल्ला अस्पतालमा १५ शैय्या संचालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय