रोग नियन्त्रण महाशाखाकै डाक्टरलाई देखियो कोरोना पोजेटिभ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का एक चिकित्सकलाई काेराेना भाइरसकाे संक्रमण देखिएको छ।

ती चिकित्सकको ठेगाना ललितपुर रहेकाे छ। उनको व्यक्तिगत विवरण गोप्य राखिएको छ। नेपालमा चिकित्सकलाई काेराेनाकाे संक्रमण देखिएकाे याे पहिलाेपटक हाे।

महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी अनुगमनमा विभिन्न जिल्ला गएर आएका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको हो। महाशाखाभित्र अहिले झण्डै एक सयकाे हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी कार्यरत छन्।

एक जनामा कोरोना देखिएपछि अहिलेसँगै काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीलाई कहाँ राख्ने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको छ।

अधिकांश देशमा महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई एक हप्ता काम गरेपछि दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने नियम भए पनि पालना नगर्दा समस्या आएको गुनासो चिकित्सकहरूको छ।

स्रोतका अनुसार आज कतै होटलमा क्वारेन्टाइन राखेर भोलि पिसिआर जाँच गरेपछि मात्रै थप कदम चाल्नुपर्ने काममा खटिएकाहरूकाे माग छ।

अधिकांश देशमा महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई एक हप्ता काम गरेपछि दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्ने नियम भए पनि पालना नगर्दा समस्या आएको गुनासो चिकित्सकहरूको छ।

स्वास्थ्य मन्त्रालयले अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका ३ सहित १३ जिल्लामा २७ जनामा कोरोना पोजेटिभ देखिएको सार्वजनिक गरेको थियो।

तीमध्ये काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा १ जनामा कोरोना पोजेटिभ देखिएको विवरण सार्वजनिक भएको थियो । उच्च स्रोतका अनुसार काठमाडौंमा देखिएका तीन गोकर्णेश्वर नगर, गाे‌ंगबु क्षेत्रका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय