थप २७ कोरोना संक्रमित, काठमाडौंमा तीनजनामा देखियो

मगंलबार थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित १७ देखि ४२ वर्षका रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार झापामा ९, मोरङमा १, काठमाडौं ३, भक्तपुरमा १, सुनसरीमा १, सलाहीमा २, मकवानपुरमा १, रामेछाप, ललितपुरमा १, सिन्धुली, लमजुङमा १ र कपिलवस्तुमा ४ र नवलपरासीमा १ गरी २७ जना थपिएका हुन्।

यो सँगै नेपालमा हाल ४ सय २ मा संक्रमण देखिएको छ । जसमध्ये ३ सय ४० पुरुष र महिला ६२ रहेका छन् ।

प्रदेश १ मा ५४, प्रदेश २ मा १ सय ३६, वागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १ सय ७६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २ जना कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार मंगलबार कोसी कोभिड अस्पतालबाट ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उनी २५ दिनमा डिस्चार्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय