प्रधानमन्त्रीको स्वीकारोक्ति- ‘कोरोनाबाट नेपालमा कसैको मृत्यु हुन नदिने प्रयास असफल भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट नेपालमा कसैको मृत्यु हुन नदिने प्रयासमा सरकार असफल भएको स्वीकारेका छन्।

संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कोरोना भाइरस प्रयासबाट एउटै पनि नागरिकले ज्यान गुमाउन नदिने गरेको प्रयास विफल भएको स्वीकारेका हुन्।

कोरोनाको संक्रमण भएमा अन्य कारणले ज्यान गुमाए पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोनाले नै ज्यान गुमेको मान्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

‘अरू कसैले पनि कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरूमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको छ,’ ओलीले भने।

संसदको संम्बोधनमा ओलीले परीक्षणको दायरा बढाउने तथा भरपर्दो ढंगले परीक्षण गर्ने र क्वारेन्टाइन भरपर्दो बनाउने बताएका छन्।

आइसोलेसन व्यवस्थित गर्ने प्रष्ट पार्दै ओलीले उपचारको राम्रो प्रबन्ध गर्न सरकारको ध्यान केन्द्रित भएको बताएका छन्।

कोरोनाको संक्रमणले वा संक्रमण भएका अवस्थामा कसैको मृत्यु नहोस् भन्ने उद्देश्यलाई विभिन्न कारणले असफल भएको पनि उनले उल्लेख गरेका छन्।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणभन्दा अन्य जटिलताले ज्यान गुमेको हुनसक्ने ओलीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय