कोरोना आशंका गरी आइसियुमा राखिएका एकको मृत्यु, पिसिआर परीक्षण गरिने

भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। सोमबार राति अस्पताल ल्याइएको रौतहट जिल्ला परोहा नगरपालिका-८, नरकटियाका ६८ वर्षीय शंकर गिरीको निधन भएको अस्पतालले जनाएको छ ।

क्यान्सर रोगको आशंकामा आएका उनलाई कोरोना परीक्षण गर्नका लागि भरतपुर अस्पतालमा राखिएको थियो । तर अस्वाभाविक रूपमा स्वास्थ्यमा गिरावट आएर बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । उनको मृत्यु भएसँगै शवलाई कोभिड आइसियुकै आइसोलेसनमा छुट्टै राखिएको छ ।

उनको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । बिरामीको मृत्युबारे भने अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यद्यपि उनमा लामो समयदेखि फोक्सो र श्वासप्रश्वासको समस्या रहेको बताइएको छ । झन्डै ३-४ महिनादेखि टीबीको औषधि सेवन गर्ने गरेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय