केचना सीमाबाट नेपाल ल्याइएका १० जनामै कोरोना, मुम्बईबाट आएका थिए

झापाको केचनाकवल गाउँपालिका ५ र ६ नम्बर वडामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उनीहरू भारतबाट ल्याएर कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका थिए ।

मंलगबार बिहान परीक्षण गर्दा उनीहरू सबैमा कोरोना पुष्टि भएको कोसी अञ्चल अस्पताल विराटनगरकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले जानकारी दिइन्।

यही समूहमा रहेका एक जनामा सोमबार संक्रमण पुष्टि भएको थियो।  यो सँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ।

३३ जनालाई नै वडा नम्बर ३ को पथरीया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। तीमध्ये मंगलबार ९ र सोमबार १ जनामा कोरोना देखिएको यादवले बताए।

भारतको मुम्बईबाट दिल्ली हुँदै पाँच दिनअघि उनीहरू केचनापारि सीमामा आइपुगेका थिए। मंगलबार कोरोना पुष्टि भएका सबै ३० वर्ष मुनिका पुरुष रहेको प्रदेश सांसद वसन्त बाँनियाले बताए।

कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष लक्ष्मीनारायण यादवका अनुसार उनीहरू रोजगारीका लागि मुम्बई गएका थिए। फर्किने क्रममा केचना सीमामा अलपत्र परेपछि ३३ जनालाई उद्धार गरेर नेपाल ल्याइएको थियो।

३३ जनालाई नै वडा नम्बर ३ को पथरीया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। तीमध्ये मंगलबार ९ र सोमबार १ जनामा कोरोना देखिएको यादवले बताए।

नेपाल छिरेका सबै ३३ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो। १० जनाको सिसिआर परीक्षण हुँदा १० जनामा नै कोरोना संक्रमण देखिएको यादवले बताए।

कचनकवल गाउँपालिका-२ सुकुनादेवीको लक्ष्मीनारायण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अन्य ३८ जना व्यक्तिहरूलाई राखिएको छ।

‘भारतबाट ल्याइएकामा कोरोना देखिएपछि अहिले त्यस ठाउँमा बाँकी के-के सावधानी र कार्यहरू अघि बढाउनु पर्ने विषयमा बैठक बस्न लागेको छ,’ यादवले भने।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारीलगायतको टोली संक्रमित क्षेत्रमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय