सुनसरीको नेपाल–भारत सीमा चेकपोस्टमा कार्यरत सशस्त्र प्रहरीलाई कोरोना

भारतसँग सीमा जोडिएको चेकपोस्टमा कार्यरत् अर्का एक सशस्त्र प्रहरीलाई कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको छ।

सुनसरीको पश्चिम कुशाहास्थित नेपाल-भारत सीमाको चेकपोस्टमा कार्यरत् सशस्त्र प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएको हो।

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार ती युवाको स्वाब बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। सोमबार राति उनको रिपोर्ट पोजेटिभ देखिएको हो।

रिपोर्टलाई पुन: परीक्षण गर्न विराटनगरस्थित कोसी अञ्चल अस्पताल पठाइएको छ।

‘बिपीमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि रिकन्फर्मको लागि विराटनगर पठाइएको छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीण श्रेष्ठले भने।

रिपोर्ट भेरिफिकेसनको क्रममा रहेकाले अहिले यकिन भन्न नसकिएको श्रेष्ठले बताए।

हालसम्म सशस्त्र प्रहरीका तीन जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय