इटहरीका एक युवामा कोरोना, भारतबाट लुकिछिपी सुनसरी छिरेका अर्का युवामा पनि संक्रमण

सुनसरीको इटहरीका एक जना युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा १८ वर्षीय ती युवामा कोरोना संक्रमण देखिएको हो। ती युवा इटहरी उपमहानगरपालिकाको क्वारेन्टाइनमा राखिएका थिए।

क्वारेन्टाइनमा राखिएका युवामा कोरोना पोजेटिभ देखिएपछि बिपीको आइसोलेसन वार्डमा भर्ना गरिएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बताए।
ती युवाको कोरोना संक्रमणको आधिकारिक पुष्टि भने स्वास्थ्य मन्त्रालयले गरिसकेको छैन।

यस्तै, भारतबाट नेपाल आएका सुनसरीकै गढी गाउँपालिका-२ का अर्का एक युवामा पनि कोरोना देखिएको छ। जेठ २ गते उनको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। ती युवा पाँच दिनयता क्वारेन्टाइनमा राखिएका थिए।

संक्रमित युवा भारतबाट लुकिछिपी सुनसरी प्रवेश गरेका थिए। उनी दिल्लीबाट नेपाल आएको प्रहरीले जनाएको छ। रोजगारीका लागि उनी दिल्ली गएका थिए।

गढी गाउँपालिका २ का ती युवा नेपाल आएको थाहा भएपछि गाउँपालिकाले नै क्यारेन्टाइनमा पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय