कोरोनाबाट विश्वभर ३ लाख २० हजार बढीको मृत्यु, संक्रमितको संख्या ४९ लाख नजिक

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २० हजार १ सय २५ जनाको मृत्यु भएको छ।

यो समाचार तयार पार्दासम्म विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ९० हजार ६ सय ६४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १९ लाख ७ हजार ३ सय २३ जना संक्रमणमुक्त भएका हुन्। बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २६ लाख ६३ हजार २ सय १६ जनाको उपचार भइरहेको छ। उपचाररतमध्ये ४४ हजार ७ सय ६६ जनाको अवस्था गम्भीर छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। भाइरसका कारण बढी ज्यान गुमाउने तथा संक्रमितको संख्या अमेरिकामैै रहेको छ। अमेरिकामा १५ लाख ५० हजार २ सय ९४ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ भने ९१ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ।

संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ। त्यहाँ २ लाख ९० हजार ६ सय ७८ जना संक्रमित भएका छन् भने २ हजार ७ सय २२ जनाको मृत्यु भएको छ।

स्पेनमा २ लाख ७८ हजार १ सय ८८ जनामा संक्रमण देखिएको छ भने २७ हजार ७ सय ९ जनाको ज्यान गएको छ। ब्राजिलमा रहेका २ लाख ५५ हजार३ सय ६८ जना संक्रमितमध्ये १६ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ।

बेलायतमा रहेका २ लाख ४६ हजार ४ सय ६ जना भाइरस संक्रमितमध्ये ३४ हजार ७ सय ९६, इटालीमा रहेका २ लाख २५ हजार ८ सय ८६ जनामा ३२ हजार ७, फ्रान्सका १ लाख ७९ हजार ९ सय २७ जनामा २८ हजार २ सय ३९, जर्मनीका १ लाख ७७ हजार २ सय ८९ जनामा ८ हजार १ सय २३ जना, टर्कीका १ लाख ५० हजार ५ सय ९३ मा ४ हजार १ सय ७१ र इरानका १ लाख २२ हजार ४ सय ९२ जना संक्रमितमध्ये ७ हजार ५७ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा १ लाख ३ सय २८ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ३ सय ७५ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

बाँकी संक्रमित मृतकको संख्या अन्य देशका रहेकाा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय