एकै दिनमा थपिए ८० संक्रमित, बाँकेमा आजै ६५ जनामा संक्रमण

माघ ९ मा पहिलो संक्रमित देखिएको कोरोना भाइरस (कोभिड १९)का सोमबार एकै दिन ८० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले राति १०. १५ विज्ञाप्ति जारी गरेर नयाँ १८ संक्रमित थपिएको जनाएको छ ।

नयाँ अपडेटसँगै नेपालमा कुल संक्रमितको संख्या ३७५ पुगेको छ । जेठ ४ आइतबार साँझ ७.५० मा मन्त्रालयले कुल संक्रमितको संख्या २९५ पुगेको जनाएको थियो ।यो आधारमा नेपालमा आजमात्रै ८० जना संक्रमित थपिएका छन् ।

जसअनुसार सबैभन्दा बढी बाँकेमा ६५ संक्रमित थपिएका छन् । दिउँसो एकैपटक ४७ संक्रमित देखिएको बाँकेमा अहिले १२ जना थपिएका छन् ।

रौतहटमा विहानै एक महिला, ७ पुरुषसहित ८ र बारामा एक ३८ वर्षे पुरुषमा कोरोना पोजेटिभ भएको रिपोर्ट सार्वजनिक भएको थियो । साँझ सार्वजनिक भएको रिपोर्टअनुसार धनुषामा २ पुरुष, खोटाङ १, दैलेख १, सुनसरी १ र झापामा १ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय