झापामा अर्का एक युवालाई कोरोना पोजेटिभ, संक्रमितको संख्या ३ पुग्यो

झापामा सोमबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापाको कचनकवल गाउँपालिका–६ बनियानीका २३ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

भारतको मुम्बईबाट दिल्ली हुँदै चार दिनअघि कचनकवल नाकाबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्तिको विराटनगरको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा आज कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।

भारतबाट आएर क्वारेन्टाइनमा रहेका ३३ जनाको स्वाब परीक्षण गरिएकोमा अहिले १० जनाको रिपोर्ट आएको र एकजनाको पोजेटिभ देखिएको उनले बताए।

संक्रमित व्यक्तिलाई नाकाबाट सिधै क्वारेन्टाइनमा लगेर राखिएकाले परिवार र समाजमा उनको सम्पर्क नभएको चौलागाईले जानकारी दिए। उनलाई अहिले कोरोना अस्पताल बिराटनगर पठाईएको छ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ। यसअघि झापाको दमक र बाह्रदशीमा एक–एक जनामा कोरोना पोजिटिभ देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय