बिरामीलाई कोरोना पुष्टि भएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल

आइसियुमा उपचार गराइरहेका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल सिल गरिएको छ।

संक्रमण पुष्टि भएका बिरामी गुुल्मीको मदाने गाउँपालिका २का ४१ वर्षीय पुरुष हुन्।

आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा संक्रमण पुष्टि गरेको थियो।

गुल्मी ठेगाना भएका दुई जना विरामीको स्वाब परीक्षणको लागि ल्याइएकोमा एक जनाको रिर्पोट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए।

ती संक्रममितको सघन कक्षमामा उपचार भइरहेको स्रोतको भनाई छ । शिक्षण पेशा संलग्न उनलाई जण्डिस भएर उपचारका लागि ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय